पृथ्वी राजमार्गको कृष्णभीर खण्डमा मिति २०८३/०६/०१ गते बिहान ६:०० बजेदेखि पूर्ण रूपमा यातायात सञ्चालन गरिने ।

२०८३ भाद्र ३१

मिति २०८३/०५/१० र १४ गते त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण पृथ्वी राजमार्गको कृष्णभीर क्षेत्रमा करिब १०० मिटर सडक नदी कटानबाट पूर्ण रूपमा क्षतिग्रस्त भई यातायात अवरुद्ध भएको थियो। उक्त खण्डमा यथाशीघ्र यातायात सुचारु गर्न सडक विभागले आवश्यक स्रोत–साधन, जनशक्ति तथा उपकरणहरूको अधिकतम परिचालन गरी नयाँ ट्र्याक निर्माण तथा सडक पुनर्स्थापनाको कार्य तीव्र रूपमा अघि बढाएकोमा हाल उक्त कार्य अन्तिम चरणमा पुगेको छ। पृथ्वी राजमार्गको कृष्णभीर खण्ड मिति २०८३/०६/०१ गते बिहान ६:०० बजेदेखि पूर्ण रूपमा यातायात सञ्चालनका लागि खुला गरिनेछ। सडक अवरुद्ध रहेको अवधिमा सडक विभागबाट जारी गरिएका सूचना तथा वैकल्पिक मार्गसम्बन्धी निर्देशनहरूको पालना गरी धैर्यतापूर्वक आवश्यक सहयोग गरिदिनुभएकोमा सम्पूर्ण यात्रु, स्थानीयवासी, यातायात व्यवसायी तथा सम्बन्धित सरोकारवालाहरूप्रति सडक विभाग हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गर्दछ।


प्रेश विज्ञप्ति


डाउनलोड गर्नुहोस्