कानुन तथा विवाद व्यवस्थापन शाखा

कानून तथा विवाद व्यवस्थापन शाखाका कामहरु :

  • ठेक्का व्यवस्था वा कार्यान्वयन गर्दा आइपरेका विवाद समाधान गर्ने उपायहरु पहिचान गर्ने र समाधान गर्नेतर्फ सुझाव दिने ।
  • खरिद सम्बन्धी कानून तथा सडक विभागका विभिन्न आयोजनाहरुकाे निर्माण कार्यको ठेक्का पट्टाको लागि तयार गरिएका Contract Document मा दाबी र विवाद समाधान सम्बन्धी दफा, उपदफाहरू बारे राय परामर्श दिने।
  • पूर्व पक्षीय वा मध्यस्थता सम्पन्न भएपछि पछिल्लो तहको न्यायालयमा सडक विभाग जानु पर्ने हो वा होईन भन्ने बारे सडक विभागलाई सल्लाह दिने ।
  • विभाग र मातहत कार्यालयहरुलाई कानूनी परामर्श उपलब्ध गराउने तथा मध्यस्थताको व्यवस्था मिलाउने र मुद्धामामिलामा विभागको बचाव गर्न आवश्यक कार्य गर्ने ।
  • सडक सम्बन्धी जग्गा अधिग्रहण, मुआब्जा, सिमांकन, लगत कट्टा सम्बन्धी कार्यमा कानूनी सहयोग पुर्याउने र समन्वय गर्ने ।