यस महाशाखा अन्तर्गत निम्न कार्यहरु रहेका छन् :
क) क्षेत्रिय सडक निर्देशनालयहरुलाई सुम्पिएको कार्य गर्न गराउन नीति निर्देशन दिने |
ख) निर्देशनालयहरु तथा मातहतका कार्यालयबाट हुने कार्यहरुको समन्वय, सुपरिवेक्षण, अनुगमन तथा मुल्यांकन गर्ने |
ग) सडक मर्मत तथा संभार पुल तथा आयोजनाहरुको नीति तथा कार्यक्रम तर्जुमा गरी योजना महाशाखामा पठाउने |
घ) सबै सडक निर्देशनालायाहरुबाट सडक मर्मत संभार, पूल आयोजनाहरुको प्रगति विवरण प्राप्त गरी लक्ष्य तथा प्रगतिको तुलनात्मक विवेचना गरी योजना महाशाखामा पठाउने |
ङ) सडक मर्मत, संभार तथा पुलको लागी बैज्ञानिक आधारमा प्राथमिकता सुची तयार गरी सोहि अनुरुप कार्यक्रम बनाउने तथा कार्यान्वयन गराउने |
च) वैदेशिक सहयोग अन्तर्गत संचालित सडक मर्मत तथा संभार आयोजनाहरुको नीति कार्यक्रम तर्जुमा गर्ने तर्फ बैदेशिक तथा योजना महाशाखा संग समन्वय गर्ने |
छ) आपतकालीन स्थितिमा पर्न आउने जिम्मेवारीलई समयमै महशुस गरी सडक पुल तथा सडकका अन्य स्ट्रक्चर हरुको संरक्षण र सुरक्षा गर्ने र यातायात व्यवस्थामा अबरोध हुन नदिन आवश्यक जनशक्ती एवं साधनको अग्रिम अनुमान एवं व्यवस्था गर्ने गराउने |
ज) सडकको दाँया बाँया वृक्षारोपण, सडक युटिलिटी सर्भिसेज सडक संकेत चिन्ह तथा पेन्टिङ सम्बन्धित नीती र कार्यक्रम तर्जुमा गर्ने |
झ) विभाग अन्तर्गतका कार्यालयहरुलाई आवस्यक पर्ने विस्फोटक पदार्थहरु उपलब्ध गराउने सम्बन्धि आवस्यक पहल गर्ने |
ञ) SMD बाटIntegrated Annual Road Maintenance Program (IARMP) तयार गर्ने गराउने |
ट) काम बाट सिनियर डिभिजनल ईन्जीनियर ओभरसियर तथा लेन्थवर्करहरुलाई सडक तथा पुल मर्मत सुधार सम्बन्धि तालिम प्रदान गर्ने व्यवस्था गर्ने |
ठ) मार्मत संभार सम्बन्धि डकुमेन्टहरु तर्जुमा तथा अध्यावधिक गर्ने कार्य गर्ने गराउने|
ड) दैनिक प्रशासनिक कार संचालन गर्ने |