सडक विभागका नवनियुक्त महानिर्देशक डा. विजय जैसीद्वारा पदभार ग्रहण (मिति २०८२-०२-१२)

२०८२ जेठ ११

सडक विभागका नवनियुक्त महानिर्देशक डा. विजय जैसीद्वारा पदभार ग्रहण
मिति: २०८२ जेष्ठ १२
स्थान: सडक विभाग, काठमाडौं

सडक विभागका नवनियुक्त महानिर्देशक डा. विजय जैसीज्यूले मिति २०८२ साल जेष्ठ १२ गते विभागको सभाहलमा एक समारोहबीच पदभार ग्रहण गर्नुभएको छ।

उक्त अवसरमा आयोजित स्वागत तथा पदभार ग्रहण कार्यक्रममा विभागका उच्चपदस्थ कर्मचारीज्यूहरू, , डिभिजन प्रमुखहरु, योजना प्रमुखहरू तथा अन्य कर्मचारीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा महानिर्देशक डा. जैसीले संस्थागत सुधार, पारदर्शिता, कार्यक्षमता अभिवृद्धि र योजनाको समयमै सम्पन्नता माथि जोड दिनुहुँदै विभागीय कर्मचारीहरूसँग सहकार्यमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

(१) निकट भविष्यमा आउन सक्ने बाढी पहिरोको कारणले सडक अवरुद्ध हुन सक्ने भएकोले सो को लागि सतर्क भई आवश्यक कार्य गर्ने ।
(२) सडक Pothole Free राख्ने ।
(३) Chronic Contracts हरुको व्यवस्थापन गर्ने ।
(४) समयमै योजना सम्पन्न गर्न प्रभावकारी अनुगमन प्रणाली स्थापना गर्ने ।
(५) गुणस्तरीय निर्माण कार्यमा कुनै सम्झौता नगर्ने ।
(६) प्राविधिक र प्रशासनिक क्षेत्रबीच समन्वय अभिबृद्धि गर्ने ।
(७) सेवा प्रवाहमा पारदर्शिता र उत्तरदायित्व सुनिश्चित गर्ने ।
(८) कर्मचारी क्षमता विकासमा जोड दिने ।

Photo Gallery