बनेपा नाला सडकको पुन्यमाता पुल भत्केको र यातायात बन्द भएकोमा हाल अस्थायी रुपमा सुचारु ।
२०८२ आषाढ २२
बनेपा नाला सडकको पुन्यमाता पुल भत्केको र यातायात बन्द भएको अबस्थामा बनेपा नगरपालिकाका मेयर, स्थानिय सरोकारवाला व्यक्ति एवम् संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौंका सु.ई., डिभिजन प्रमुख लगायत टोलीहरु विच छलफल तथा अनुगमनकाे कार्य हुनुका साथै मर्मत गर्ने सरोकारवालाहरुलाइ निर्देशन दिने कार्य भएको छ । हाल साे स्थानमा ह्युम पाइप लगाइ अस्थायी रुपमा यातायात सञ्चालनमा ल्याइएकाे छ ।