महानिर्देशक डा विजय जैसी द्वारा सूर्यविनायक धुलिखेल खण्ड, धुलखेल खावा खण्ड र क्षति ग्रस्त बीपी हाइवे को स्थलगत भ्रमण तथा सुनकोशी पुल नेपालथोकको अवलोकन

२०८२ जेठ १५

आज मिति २०८२/२/१५  गते नवनियुक्त महानिर्देशक डा विजय जैसी ले सूर्यविनायक धुलिखेल खण्ड, धुलखेल खावा खण्ड र क्षति ग्रस्त बीपी हाइवे को स्थलगत भ्रमण भयो। सो भ्रमणमा संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयका सूई, सडक डिभिजन कार्यालय भक्तपुरका तथा खाल्डे का डिभिजन प्रमुख, सूर्यविनायक धुलिखेल आयोजनाकी सिडीई  तथा इन्जिनियरहरू, परामर्शदाताहरू र निर्माण व्यवसायीहरू संलग्न थिए | आगामी वर्षालाई ध्यानमा राखी सडक खण्ड हरु को विभिन्न स्थानहरूमा पहिरो पहिरो गई ठूलो जनधनको क्षति हुनसक्ने अवस्थालाई ध्यान दिई तुरुन्त प्रिभेन्टिभ मेजरहरू गर्न विभिन्न अप्सनहरू पहिचान भयो। यसरी नै धुलिखेल खावा सडकको तत्काल अवस्था सुधार गर्नको लागि इमल्सिफाइड बेसलाई रिसर्चको रूपबाट प्रयोग गर्ने विषय पहिचान भयो। बीपी हाइवेको चौकीडाँडा मा बाटोको हाल को उचाइ बढाउने, ठुला बोल्डर हरु प्रयोग गर्ने विषय पहिचान भयो। यसैगरी कटुन्जे बेसीमा ग्याबिन तथा बोल्डर राखी रिभर ट्रेनिङ गर्ने विषय पहिचान भयो। झामती बेसी, चिउरीयभन्ज्याङ, पिप्ले, माम्ती खोला आदि स्थानहरूमा पनि उपयुक्त रिभर ट्रेनिङ गर्ने विषय पहिचान भयो। अन्तमा, गत वर्षको अत्याधिक वर्षा तथा बाढीपहिरोले क्षतिग्रस्त बनाएको सुनकोशी पुल नेपालथोकको पनि अवलोकन गरियो र यस पुल को बिभिन्न बिकल्प बारे छलफल भयो ।

Photo Gallery