हाम्रो बारेमा
कार्यालयको इतिहास :
यस कार्यालयको नाम सडक डिभिजन, हर्कपुर हो। यस कार्यालय २०७१/०६/१० मा नयाँ डिभिजनको रुपमा स्थापना भएको हो। यो डिभिजन स्थापना हुनु भन्दा आगाडी यी जिल्लाहरुमा हर्कपुर-ओखलदुंगा सडक योजना र ओखलदुंगा-हिलेपानी-दिक्तेल सडक योजना रहेका थिए। यस डिभिजन स्थापना भएपछि यी योजनाहरुबाट सम्पूर्ण कार्यक्रमहरु हस्तान्तरण भै आएको छ।
कार्यालयको स्पष्ट दृष्टिकोण, लक्ष्य र उदेश्य:
हाल प्रचलनमा रहेका कानूनको आधीनमा रही यस कार्यालयको कार्यक्षेत्रमा पर्ने जिल्लाहरुमा सडक संजाल बिस्तार गर्दै लैजाने तथा आवश्यक पुलहरुको निर्माण गर्ने र कार्यक्षेत्रमा रहेका सडक र पुलहरुको मर्मत संभार गरी यातायात सचालनको लागि दुरुस्थ राख्ने।
कामसंग सम्बन्धित शाखाहरु तथा कार्यालयहरु :
- प्राविधिक शाखा
- लेखा शाखा
- प्रशासन शाखा
- कोष तथा लेखा नियन्त्रक कार्यालय, ओखलदुंगा
- राष्ट्रिय बाणिज्य बैंक, ओखलदुंगा
- जिल्ला प्रशासन कार्यालय, ओखलदुंगा, खोटांग तथा सोलुखुम्बु
- जिल्ला विकाश समितिको कार्यालय, ओखलदुंगा, खोटांग तथा सोलुखुम्बु ।
सामान्य जानकारी
सेवाहरुको सुची-
नागरिक बडापत्र आनुसारका सेवाहरु ।
सेवाको विवरण:
नागरिक बडापत्रमा उल्लेख भए बमोजिम ।
सेवा कसरी प्राप्तगर्न सकिन्छ भन्ने कुरा:
नागरिक बडापत्र आनुसार ।
सेवा प्राप्तगर्न सकिने आवस्थाका सर्तहरु:
नागरिक बडापत्र आनुसार ।
सेवा प्राप्तगर्न कुनै फारम भर्नुपर्ने भए सोको डाउनलोड गर्न सकिने ढाँचा, (Downloadable formats)-
internet सेवा उपलब्ध नरहेको
कामसंग सम्बन्धित दस्तुर तथा शुल्क-
नागरिक बडापत्र आनुसार ।