हाम्रो बारेमा

कार्यालयको ईतिहास :

बि स २०२७ सालमा सडक विभागकाे स्थापनाको संगै देशका विभिन्न ठाउमा शाखा कार्यालयको स्थापना हुने क्रममा नेपालको  सुदुरपस्चिम क्षेत्रको बैतडी जिल्लामा अबस्थित पाटनमा ग.बि.स मा बि.स २०४७ सालमा बैतडी दार्चुला सडक आयोजनाको स्थापना भयो । तीन वर्ष आयोजना कै रुपमा काम गरे पश्चात् बि स २०५१ सालमा डिभिजन सडक कार्यायालय न ३ को रुपमा स्थापना भएको हो र जसको पहिलो डिभिजन प्रमुख दिनकर शर्मामा हुनु भएको थियो । जिल्लाका प्रत्येक ग्रामिण भेगलाई बाटोको संयन्त्रले जोड्ने उद्धेश्य साथ स्थापना भएको डिभिजन सडक कार्यालय द्वन्द कालमा बि.स. २०५८ सालमा आगलागीको चपेटामा परी बिस्थापित भएको थियो . बि स २०५८ देखि २०६३ सालसम्म गोठालापानी रही आफ्नो कार्य संचालन गर्दै आएको डिभिजन कार्यालयमा फेरी पुन निर्माण हुदै पातान्माइ कार्स्यालय स्थापना गरेको थियो । बि.स. २०६३ पश्चात\ पाटन मै रही आफ्नो लक्ष्यमा अघि बद्नेको डिभिजन सडक कार्यालयकाे नामाकरण २०७५ सालमा सडक डिभिजन, बैतडी भएकाे छ । देसंघीय संरचना अनुसार सुदुरपश्चिम प्रदेशकाे बैतडी जिल्लाकाे पाटनमा कार्यालय अवस्थित छ । जिल्लाका ग्रामिण भेगलाई सदरमुकाम र र सदरमुकामलाई केन्द्रमा जोड्नेमा ठुलो टेवा पुर्याएकाे यस डिभिजन हाल दुई जिल्ला बैतडी र बझाङ्गमा सक्रिय भई बिकाश निर्माण एवं मर्मत सम्भार कार्यामा  सक्रिय रहेको छ ।

स्पष्ट दृष्टिकोणः

सडक मार्ग र पुल सम्बन्धी योजना तथा कार्यक्रमको सम्भाव्यता अध्ययन, निर्माण, अनुगमन, मुल्यांकन र मर्मत सम्भार गर्ने ।

लक्ष्य र उद्येश्य:

नेपाल सरकार सडक बिभागबाट आख्तियारी प्राप्त भएका कार्यक्रमको प्रभावकारी ढंगबाट संचालन गरी समयमै प्रगती हासिल गर्दै बिकाश निर्माणमा टेवा पुर्याउनुका साथै निर्माण भैसकेका सडक र पुल पुलेसाको मर्मत सम्भार गरी यातायात आवागमनमा प्रभावकारी भूमिका खेल्ने ।

कामसँग सम्बन्धित शाखाहरु तथा कार्यालयहरु :

क्र.स. कार्यालय अन्तर्गतको शाखा कामको प्रक्रित 
प्रशासन शाखा निबेदन ,दर्ता , चलानी
लेखा शाखा सम्पूर्ण आर्थिक कारोबार
प्राबिधिक शाखा सम्पूर्ण प्राबिधिक कार्य
डिभिजन प्रमुख कक्ष आर्थिक प्राबिधिक कारबाही एबम गुनासो सुन्ने