हाम्राे बारेमा
कार्यालयको इतिहास
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग, यान्त्रिक महाशाखा अन्तर्गत यान्त्रिक कार्यालय मुलकोट मिति २०७८ सालमा सुर्यविनायक-धुलिखेल-धुलिखेल-सिन्धुली,बर्दिवास सडक आयोजना को साइड कार्यालय रहेको बागमती प्रदेश सिन्धुली जिल्ला सुनकोशि गा.पा.५ मुलकोट(रामटार)मा कार्यालय स्थापना भई सिन्धुली,रामेछाप जिल्लामा पर्ने राष्ट्रिय राजमार्गमा अवरूद्द सडक खुलाउने तथा विपत ब्यवस्थापन, संकट ब्यवस्थापन, दैविक प्रकोप ब्यवस्थापन कार्यहरुमा आवश्यक यान्त्रिक उपकरण उपलब्ध गराई कार्य गर्दै आइरहेको छ।
र्कायालयको योजना तथा कार्यक्रमहरू, लक्ष्य र उद्देश्य
- कार्यालय तथा विभागिय यान्त्रिक उपकरण मर्मत सम्भार
- सडक विभाग तथा माथिल्लो निकायको निति निर्देशन बमोजिम माग भए अनुसार यान्त्रिक उपकरण उपलब्ध गराउने ।
- सडक विभाग मातहत सडक डिभिजन,सडक आयोजना तथा हेभि ईक्विपमेन्टको कार्य संचालनमा आवश्यक उपकरणहरु निःशुल्क उपलब्ध गराउने । यदि बाहिरी पक्ष ठेकेदार तथा निजी क्षेत्रले माग गरेमा सडक विभागको विभागिय कार्य संचालनमा असर नपर्ने गरी शुल्कमा उपलब्ध गराउने ।
कामसँग सम्बन्धित शाखागत विवरण
प्राविधिक शाखा
लेखा शाखा
जिन्सि शाखा (स्टोर)
प्रशासन शाखा
रेकर्ड शाखा
सामान्य जानकारी
वर्षायाममा पहिरोले अवरुद्ध कार्यक्षेत्र अन्तर्गत पर्ने राष्ट्रिय राजमार्ग सुचारु गर्ने कार्य, सडक विभाग अन्तर्गतका सडक निर्माण तथा मर्मत संभार लगायतका अमानती कार्य, सडक निर्माण तथा मर्मत संभार लगायतका कार्यमा विभागीय ठेक्काका लागी यान्त्रिक उपकरण माग भएमा उपलब्ध गराउने, अन्य कार्यमा माग अनुसार उपलब्ध गराउने। तत् सम्बन्धी कार्यमा प्रयोग हुने यान्त्रिक उपकरणहरु तथा सवारी साधनहरु मर्मत संभार गर्ने कार्यहरु यस कार्यालयले गर्दै आएको छ। संघ, प्रदेश तथा स्थानिय तहमा रहेका सबै सरकारी कार्यालयहरूकाे सवारीसाधन, मेशिन तथा अन्य उपकरण खरिद एवं लिलाम प्रक्रियामा प्राविधिक सहयाेग उपलब्ध गराउदै आएका छाैं ।