कार्य क्षेत्र

हाल मदन भण्डारी राजमार्ग अन्तर्गत तिन वटा योजना कार्यालयहरु उदयपुर जिल्लाको गाईघाट, मकवानपुरको हेटौडा र गुल्मीको तम्घासमा स्थापना भइ कार्यान्वयनमा ल्याईएको छ।चालु आ.व. मा धरान पुर्वि खण्ड कार्यन्वयन गर्नको लागि प्रस्ताव गरिएको छ | यो राजमार्ग अन्तर्गत धरान-चतरा-गाईघाट-कटारी-सिन्धुली-हेटौंडा २४९ कि.मि. सडक खण्डको स्तरोन्नति तथा उक्त खण्डमा आवश्यक पुलहरूको निर्माण कार्य भैरहेको छ | त्यस्तै पश्चिममा तम्घास सिमलटारी प्युठान ४५ कि.मि. सडक खण्डको समेत निर्माण तथा स्तरोन्नतिको कार्य भैरहेको छ | अनुमानित १२५० कि.मि. मध्ये लगभग ४२० कि.मि. अन्य योजना कार्यालय तथा सडक डिभिजनहरुले  स्तरोन्नति तथा निर्माणको कार्य गरिरहेका छन् भने लगभग ८३० कि.मि. सडक स्तरोन्नति तथा सो खण्डको पुलहरू निर्माण मदन भण्डारी राजमार्ग आयोजनाबाट कार्यन्वयन हुन लागेको छ | पूर्वमा धरान देखि झापाको बाहुनडाँगीसम्म १२० कि.मि. सडकको DPR तयार भैसकेको छ | त्यस्तै पश्चिममा सुर्खेतको बड्डीचौर देखि कर्णाली नदी सम्म ९४ कि.मि. तथा डोटीको जोगबुढा देखि डडेल्धुराको रुपाल सम्म १८ कि.मि. सडक खण्डहरुको DPR तयार हुने क्रममा रहेको छ | यस आयोजनाको सम्पूर्ण सडक खण्डको DPR तयार भैसकेपछि आयोजनाको वास्तविक कुल लम्बाई र लागत स्पस्ट हुनेछ | साथै यस आयोजनालाई आ.व. ०७९/८० सम्म सम्पन्न गर्ने लक्ष्य रहेको छ |

"To Contribute Towards the Betterment of Living Conditions of the People through Effective, Efficient, Safe and Reliable Road Connectivity"

© 2021 सर्वाधिकार सुरक्षित सडक बिभाग

Visitor:

Navigation