हाम्रो बारेमा

जटिल भूगोल र छरिएर रहेका वस्तीहरुलाई एकीकृत विकासको माध्यामबाट यातायात सेवा उपलब्ध गराउने उद्धेश्यले नेपाल सरकार मन्त्रिपरिषदको २०७५/०२/०६ को निर्णय अनुसार मदन भण्डारी राजमार्ग आयोजनालाई आ.व. २०७५/७६ देखि कार्यन्वयनमा ल्याएको छ।पूर्वमा झापाको बाहुनडाँगी देखि सुदूरपश्चिममा डडेल्धुराको रुपाल सम्म जोड्ने यस राजमार्गको अनुमानित लम्बाई १२५० किलोमिटर छ र यो राजमार्गको रेखांकन चुरे क्षेत्रलाई आधार मानेर गरिएको छ।महेन्द्र राजमार्गको समान्त्तर र उत्तर तर्फ पूर्व-पश्चिम भएर जाने यो राजमार्गलाई बाह्रै महिना प्रयोग गर्न सकिने गरी रेखांकन गरिने छ।

"To Contribute Towards the Betterment of Living Conditions of the People through Effective, Efficient, Safe and Reliable Road Connectivity"

© 2021 सर्वाधिकार सुरक्षित सडक बिभाग

Visitor:

Navigation