कायम भएको न्यूनतम मूल्यमा वार्ताद्वार जिन्सी मालसामानहरुको सोझै लिलाम बिक्री गर्ने सम्बन्धी सूचना

२०८२ चैत्र २६

प्रस्तुत विषयमा यस सडक डिभिजन ललितपुरको जिन्सी मालसामानहरु बोलपत्र मार्फत लिलाम विक्री गर्नका लागि प्रथम पटक मिति २०८२।१२।१० गतेका दिन गोरखापत्र दैनिक पत्रिमामा १५ दिनको म्याद राखि बोलपत्र आह्वानको सूचना (सूचना नं.२०८२।०८३।-०१) प्रकाशन गरिएकोमा सूचना प्रकाशनको मितिले १६औं दिन (२०८२।१२।२५गते) को दिउँसो १२:०० बजे सम्म कुनै पनि बोलपत्र पेश नभएकोले यस सडक डिभिजन ललितपुरको जिन्सी मालसामान लिलाम सम्बन्धी मुल्यांकन समितिको मिति २०८२।१२।२५ गतेको निर्णयानुसार आर्थिक कार्यविधि तथा वित्तिय उत्तर दायित्व नियमावली, २०७७ (दोस्रो संशोधन समेत) को नियम १०८ को उपनियम (७) अनुसार “उपनियम (१)   वा (४) बमोजिम लिलाम विक्री हुन नसकेमा कायम भएको न्यूनतम मूल्यमा वार्ताद्वारा सोझै बिक्री गर्न सकिनेछ”  भनि गरिएको व्यवस्था बमोजिम न्यूनतम कायम मूल्यमा वार्ताद्वारा सोझै बिक्री गरि लिलाम बिक्री प्रकृया अगाडी बढाउनका लागि यो सूचना प्रकाशन भएको मितिले ७ दिन भित्र कार्यालय समयमा वार्तागर्न आउनहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएकोछ ।


डाउनलोड गर्नुहोस्