हाम्रो बारेमा

आ.व. २०५०।०५१ देखि बागमती अञ्चलको ललितपुर जिल्लाको हरिहरभवनमा डिभिजन सडक कार्यालय ललितपुरको स्थापना भएको हो । यस डिभिजनको ललितपुर जिल्ला कार्यक्षेत्र रहेको छ । आ.व. २०७०/७१ को तथ्यांक बमोजिम वि.सं. २०६८ को जनगणना अनुसार यस डिभिजनको कार्यक्षेत्रमा ४६६७८४ जनसंख्या रहेकोमा प्रति कि.मि. सडकबराबर ३५५३ जनसंख्यालाई सेवा पु¥याएको देखिन्छ भने सडक जनघनत्वको हिसाबले यस यस डिभिजनको Road Density (Km/100Km2) ३४ हुन आउँछ । यस डिभिजन अन्तर्गत हालसम्म कालोपत्रे सडक ८२.८३ कि.मि., ग्राभेल सडक १५.३६ कि.मि. र कच्ची (माटो सडक ३३.२० कि.मि. गरी जम्मा १३१.३९ कि.मि. SRN सडक निर्माण भएको छ ।