कार्य क्षेत्र
यस डिभिजन सडक कार्यालय अन्तर्गत हाल तिन जिल्लाहरु (धनुषा, महाेत्तरी र सिन्धुली) कार्यक्षाेत्र रहेकाे छ। विगतमा सर्लाही जिल्ला समेत यस डिभिजन कार्यालयको कार्यक्षेत्रमा रहेकोमा सडक डिभिजन चन्द्रनिगाहपुर स्थापना पछि उक्त जिल्ला सोही डिभिजनको कार्यक्षेत्रमा गाभिएको थियो भने त्यतिबेला कै निर्णय अनुसार स्थापित सडक डिभिजन खुर्कोट ले यस अघि सिन्धुली जिल्ला हेरेको थियो/ बर्तमान अवस्थामा सडक डिभिजन खुर्कोट खारेज भएको हुँदा सिन्धुली जिल्ला पुनः यस डिभिजनको कार्यक्षेत्रमा परेको अवस्था छ/
कार्यक्षेत्र:
जिल्लाहरु : धनुषा, महोत्तरी र सिन्धुली /
सडक डिभिजनको मुख्य जिम्मेबारी निर्मित रणनैतिक सडकको मरम्मत संभार रहेको छ/ तथापि रणनैतिक सडक र सोमा पर्ने पुलहरू समेत डिभिजन सडक कार्यालयद्वारा निर्माण गरिन्छ/ साथै भौतिक मन्त्रालय मातहत बजेट बिनियोजन भएका अन्य केहि रणनैतिक बाहेकका सडक तथा पुलहरू समेत डिभिजन कार्यालयद्वारा निर्माण हुने गरेको छ /