हाम्रो बारेमा
सुदुर पश्चिमको समग्र कोषे ढुङ्गाको रुपमा महाकाली कोरिडोर सडक योजना(ब्रह्मदेव-झुलाघाट-दार्चुला-टिंकर) आ.व.2065/66 देखि संचालनमा रहेको छ ।सुदुरपश्चिम प्रदेशका चार जिल्ला कञ्चनपुर,डडेल्धुरा, बैतडी र दार्चुला जिल्ला जोड्दै नेपाल र चिनको ताक्लाकोटको सिमानामा रहेको पिल्लर नं.१ सम्म निर्माण हुने कुल ४१३ कि.मि लम्वाई रहेको यो सडकवाट उक्त क्षेत्रमा वसोवास गर्ने करिव ८ लाख जनता प्रत्यक्ष लाभान्वित हुने र त्रिदेशीय नाका भएका कारणा व्यापारिक महत्व धेरै नै रहेको छ ।साथै धार्मिक हिसावले कैलाश मानसरोवर भ्रमणको सुविधा उपलव्ध हुने देखिन्छ । कुल १८ अर्व १६ करोड लागत अनुमान रहेको यस योजनाको निर्माण अवधि आ.व.2080/81 सम्म पुरा गर्ने लक्ष्य रहेको छ ।