यस कार्यालयको कार्यक्षेत्र अन्तर्गत पर्ने धनकुटा तथा तेह्रथुम जिल्लामा सडक पूर्वाधारको विकास, विस्तार, निर्माण, स्तरोन्नति तथा विद्यमान सडक तथा सडक संरचनाहरूको नियमित मर्मत–सम्भार र संरक्षण गर्दै सुरक्षित, भरपर्दो तथा दिगो सडक सञ्जालको विकास गर्नु यस कार्यालयको प्रमुख दृष्टिकोण रहेको छ। सडक पहुँचबाट वञ्चित क्षेत्रहरूलाई सडक सञ्जालसँग जोड्दै स्थानीय नागरिकको आवागमनलाई सहज, सुरक्षित र सर्वसुलभ बनाउनुका साथै कृषि, पर्यटन, व्यापार, शिक्षा, स्वास्थ्य लगायतका सामाजिक तथा आर्थिक क्षेत्रहरूको समग्र विकासमा टेवा पुर्याउनु यस कार्यालयको उद्देश्य हो।
साथै, धनकुटा तथा तेह्रथुम जिल्लाभित्र पर्ने राष्ट्रिय राजमार्ग तथा सहायक सडकहरूको निर्माण, स्तरोन्नति, नियमित मर्मत–सम्भार, संरक्षण तथा प्रभावकारी व्यवस्थापनमार्फत सुरक्षित, व्यवस्थित र निर्बाध यातायात सञ्चालन सुनिश्चित गर्नु यस कार्यालयको मुख्य उद्देश्य रहेको छ।
| सि.नं. |
ब.उ.शि.न./कार्यक्रम |
आयोजना/कार्यक्रमको नाम |
| १ |
३३७३१०११३ – नियमित मर्मत |
यस डिभिजन सडक कार्यालयको क्षेत्राधिकारभित्र पर्ने सम्पूर्ण सडकहरूको नियमित मर्मत (कुल लम्बाइ: १८१.८३ कि.मि.)। |
| २ |
३३७३१०११३ – रिकरेन्ट मर्मत |
यस डिभिजन सडक कार्यालयको क्षेत्राधिकारभित्र पर्ने सम्पूर्ण सडकहरूको रिकरेन्ट मर्मत (कुल लम्बाइ: १८१.८३ कि.मि.)। |
| ३ |
३३७३१०११३ – स्पेसिफिक मर्मत |
यस डिभिजन सडक कार्यालयको क्षेत्राधिकारभित्र पर्ने सम्पूर्ण सडकहरूको स्पेसिफिक मर्मत (कुल लम्बाइ: कि.मि.)। |
| ४ |
३३७३१०११३ – आवधिक मर्मत |
(क) कोशी राजमार्ग, भेडेटार–मुलघाट सडक खण्ड (१७ कि.मि.)
(ख) कोशी राजमार्ग, रुद्रबारी–हिले सडक खण्ड (२८ कि.मि.) |
| ५ |
३३७०११३८-४ – राजमार्ग स्तरोन्नति तथा पुनर्स्थापना कार्यक्रम |
(क) कोशी राजमार्गको भेडेटार–पात्लेखोला–हिले सडक खण्ड (NH-08)
(ख) कोशी राजमार्गको लेगुवा–केवाबेँसी सडक खण्ड (NH-08)
(ग) पुष्पलाल (मध्यपहाडी) राजमार्गको हिले–बसन्तपुर सडक खण्ड (NH-03) |
| ६ |
३३७३१०११३ – सडक तथा ट्राफिक सुरक्षा |
सडक तथा ट्राफिक सुरक्षा सम्बन्धी कार्यक्रमहरू। |
| ७ |
३३७०११६९४ – वैकल्पिक सहायक राजमार्ग विकास कार्यक्रम |
(क) उत्तरे–यासोक–लम्बुघाट–म्याङलुङ सडक, तेह्रथुम।
(ख) सुकेपोखरी–छातेढुङ्गा–भदौरे–इबा–ह्वाकु–चोकपुर–ढुङ्गेसाँघु सडक, धनकुटा। |
| ८ |
३३७०११७६४ – निर्वाचन क्षेत्र रणनीतिक सडक कार्यक्रम |
(क) पाख्रीबास–फलाटे–भोजपुर सदरमुकाम सडक, धनकुटा (चेन ०+००० देखि ६+८००)।
(ख) जिरीखिम्ती–मोराहाङ हुँदै पौठाक बजार सडक, तेह्रथुम (चेन ०+००० देखि ८+४००)। |
| ९ |
३३७०११२२४ – स्थानीय सडक पुल निर्माण कार्यक्रम |
(क) तमोर नदी पुल, लम्बुघाट (पाँचथर–तेह्रथुम जोड्ने), पाँचथर।
|
|