हाम्रो बारेमा

कार्यालयकाे इतिहास:

लुम्बिनी प्रदेशको दाङ जिल्ला सदरमुकाम घोराहीमा अवस्थित सडक डीभिजन, दाङ वि.सं. २०४६/०८/०९ मा जिल्ला सडक कार्यालयको रुपमा स्थापना भई पछि २०५२ सालमा डीभिजन सडक कार्यालयको रुपमा पारित भई कार्य गर्दै आएको । शुरुमा दाङ, सल्यान, रुकुम र रोल्पा जिल्लाको केही क्षेत्रभित्र विकास निर्माण कार्य गर्दै आएकोमा २०७१ सालतिर रुकुममा थप डीभिजन सडक कार्यालय स्थापना भएकोले हाल यस कार्यालयको कार्यक्षेत्र दाङ र सल्यान जिल्ला मात्र रहेको छ  । नेपाल सरकार (मन्त्रिपरिषद्) को मिति २०७५/०५/०९ को निर्णयानुसार सडक विभाग र अन्तर्गतका निकायहरुको नयाँ संगठन संरचना एवं दरबन्दी तेरिज स्वीकृत भए अनुसार साविक डिभिजन सडक कार्यालय, दांको नाम परिवर्तन भै सडक डिभिजन, दां भएको छ | 

यस डिभिजनको कार्यक्षेत्र दां र सल्यान जिल्लामा पर्ने संघीय सडक तथा पुलहरुको निर्माण/मर्मत गर्ने रहेको छ |

कामसंग  सम्बन्धित शाखाहरु तथा कार्यालयहरु:

  1.  डिभिजन सडक कार्यालय, घोराही, दांग
    1.  डिभिजन प्रमुखको कार्यकक्ष
    2.   प्रशासन शाखा
    3.   लेखा शाखा
    4.  प्राविधिक शाखा
    5. ल्याब शाखा
  2.   लमही साइट क्याम्प, दांग
  3.   तुलसीपुर साइट क्याम्प, दांग
  4.    कपुरकोट साइट क्याम्प, सल्यान
  5.    बरला साइट क्याम्प, सल्यान

कार्यालयले दिने सेवा सम्बन्धी विवरण

सेवाहरुको कार्यसूचि : नागरिक बडापत्रमा उल्लेख भए बमोजिम
सेवाको विवरण : नागरिक बडापत्रमा उल्लेख भए बमोजिम
सेवा कसरी प्राप्त गर्न सकिन्छ भन्ने कुरा : नागरिक बडापत्रमा उल्लेख भए बमोजिम
सेवा प्राप्त गर्न सकिने अवस्थाका शर्तहरु : नागरिक बडापत्रमा उल्लेख भए बमोजिम सेवा प्राप्त गर्न कुनै फाराम भर्नुपर्ने भए विवरणकाे ढाचा कार्यालयमा उपलब्ध छ ।

कामसंग सम्बन्धित दस्तुर तथा शुल्क : नागरिक बडापत्रमा उल्लेख भए बमोजिम ।


कार्यालयकाे सम्पर्क ठेगाना:

  1.  कार्यालयको ठेगाना : घोराही न.पा. वडा नं. 15, दाङ, नेपाल |
  2.  सम्पर्क फोन : ०८२ ५६०२०३
  3.  इमेल ठेगाना :  rd_dang@dor.gov.np, drodng@gmail.com