बोलपत्र स्थगन गरिएको सम्बन्धि सूचना
२०८३ भाद्र १८
यस योजना कार्यालयबाट मिति २०८३/०५/०५ मा प्रकाशित “Maintenance of Bridges along Shahid Marga: Sewar Khola Bridge (Dang) and Dui Kholi Bridge (Rolpa)” सम्बन्धी कार्यहरूका लागि सार्वजनिक खरिद अनुगमन कार्यालयको विद्युतीय खरिद प्रणाली (e-GP System) मार्फत बोलपत्र आव्हान गरिएकोमा सार्वजनिक खरिद अनुगमन कार्यालय (PPMO), केसरमहल, काठमाडौंको प.सं. सू.प्र.-०८३/८४, च.नं. MIT/१८२, मिति २०८३/०५/११ गतेको सूचनाअनुसार हाल सञ्चालनमा रहेको e-GP System मा उच्च सुरक्षा जोखिम रहेको तथा प्रणाली सुधार/मर्मतसम्भार भइरहेको कारण अर्को सूचना जारी नभएसम्म प्रणालीको प्रयोग स्थगन गर्न सार्वजनिक सूचना प्रकाशित भएको हुँदा उपरोक्तानुसारको बोलपत्र सम्बन्धी प्रक्रिया अर्को सुचना प्रकाशन नभएसम्मका लागि स्थगन गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सुचना प्रकाशन गरिएको छ।