कार्य क्षेत्र

यस शहिदमार्ग सडकले लुम्बिनी प्रदेश अन्तर्गतका दाङ, रोल्पा र रुकुम पूर्व जिल्लालाई जोड्दछ I दाङको घोराही शुरु बिन्दु भई रोल्पा जिल्लाको होलेरी, तिला, दारबोट, घर्तीगाउँ, दुईखोली, खरिबोट, गोलचौर, थवांग  हुँदै रुकुम पूर्वको महत, दुमै, खावांग बगर, कांक्री, रिका धुरी, क्युवांग, तक शेरा, बिरगुम, पदमी, नयाँ बजार, हुकाम हुँदै मैकोटसम्म यसको रेखांकन भई सोही बमोजिमको निर्माण कार्य भई रहेको छ I यस बाहेक यस सडकमा पर्ने विभिन्न खोलाहरुमा १७ वटा पुल आवश्यक रहेकोमा हालसम्म १२ वटाको निर्माण सम्पन्न भई सकेको छ भने ४ वटा पुलको हालसालै ठेक्का सम्झौता भई डिजाइन गर्ने कार्य भई रहेको छ I