सडक सीमा (Right of Way) भित्र रहेका अनधिकृत संरचना हटाउने सम्बन्धी सूचना

२०८३ भाद्र ०३

सडक सीमा (Right of Way) भित्र रहेका अनधिकृत संरचना हटाउने सम्बन्धी सूचना


प्रकाशित मितिः २०८३/०५/०३


यस डिभिजन अन्तर्गत पर्ने मध्यपहाडी राजमार्ग, बेलखेत -विनायक-मंगलसेन-बयलपाटा-साँफेबगर सडक खण्ड (NH-03) को सडक सीमा भित्र विभिन्न व्यक्ति वा संस्थाहरुबाट सार्वजनिक सडक ऐन, २०३१ को बर्खिलाप हुने गरी निर्मित संरचनाहरु (घर, टहरा, पर्खाल आदि) ले सडक सीमा अतिक्रमित भएको छ । यसरी सडक सीमा अतिक्रमित हुँदा यातायात आवागमनमा बाधा पुग्नुका साथै सडक सुरक्षामा समेत गम्भीर असर पर्ने भएको हुँदा अतिक्रमित संरचनाहरु हटाउनुपर्ने भएकोले यो सूचना प्रकाशित गरिएको छ । अतः यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनभित्र सडक सीमाभित्र रहेका सबै प्रकारका निर्मित संरचनाहरु (घर, टहरा, पर्खाल आदि) सम्बन्धित व्यक्ति वा संस्था आफैंले हटाई सडक सीमा खाली गराउनु हुन सूचित गरिन्छ ।
पुनश्च: तोकिएको समयभित्र संरचनाहरु नहटाएमा प्रचलित कानून बमोजिम यस कार्यालयले ती संरचनाहरु हटाउने छ र सो क्रममा लाग्ने सम्पुर्ण खर्च समेत सम्बन्धित व्यक्ति वा संस्थाबाटै असुल उपर गरिने व्यहोरा जानकारी गराइन्छ।


डिभिजन प्रमुख
 


डाउनलोड गर्नुहोस्