बोलपत्र स्वीकृत गर्ने आशयको सूचना
२०८३ आश्विन १६
बोलपत्र स्वीकृत गर्ने आशयको सूचना
प्रस्तुत विषयको सम्बन्धमा यस सडक डिभिजनबाट मिति 2083/05/18 गते राष्ट्रियस्तरको गोरखापत्र दैनिक समाचारपत्रमा सूचना नं. IFB/2083/084/04-05 प्रकाशित गरी आह्वान गरिएका तपसिलबमोजिमका ठेक्काको लागि म्यादभित्र दर्ता भएका बोलपत्रहरूको मूल्याङ्कन गरिएको छ।
मूल्याङ्कनबाट सार्वजनिक खरिद ऐन, २०६३ को दफा २५ को उपदफा (५क) बमोजिम बोलपत्रदाताहरूले कबोल गरेको बोल अङ्कको औसत अङ्कसँग सबैभन्दा नजिक रहेको तथा लागत अनुमानभन्दा सारभूतरूपमा बढी नभएको तपसिलको बोलपत्र स्वीकृतिका लागि छनोट गरिएको व्यहोरा सम्बन्धित सबै बोलपत्रदाताहरूलाई जानकारी गराइन्छ।यस सम्बन्धमा सार्वजनिक खरिद ऐन, २०६३ को दफा २७ को उपदफा (२) र (३) को प्रयोजनका लागि यो बोलपत्र स्वीकृत गर्ने आशयको सूचना प्रकाशित गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ।
तपसिल
ठेक्का नं RDSNF/337011324/2083/084-09
छनोट भएको बोलपत्र दाताको नाम Thakulla Nirman Sewa, Timilsain, Achham
कबोल अंक (VAT र PS सहित) 8,893,318.26