हाम्राे बारेमा
व्यापारिक मार्ग विस्तार आयोजना अन्तर्गत कोशी राजमार्गको नेपाल भारत सिमाना (रानी नाका) बाट धरान सम्मको खण्डलाई ६ लेनमा विस्तार तथा स्तरोन्नती गर्ने उद्देश्य राखी आ.व. ०६९/७० देखि रानी-विराटनगर-इटहरी-धरान सडक योजना कार्यालयको स्थापना भएको थियो । योजनको कुल लम्बाई ४९ कि.मि. मध्ये हाल सम्म ४२ कि.मि. मा मात्र सडकको विस्तार कार्यको ठेक्कापट्टा भएको छ । जस मध्ये जम्मा ३२ कि.मि. सडक कालोपत्रे सम्पन्न भएको छ । बुढी खोला र सेउती खोला पुल निर्माणको क्रममा रहेको छ ।दुहबीको बिल्ट-अप क्षेत्र ६३० मिटर सहित बुढी खोला देखि दुहबी बजार लगायत २ कि.मि. सडक खण्डको र धरान बजारमा ५ कि.मि. गरी ७ कि.मि. लम्बाईमा हालसम्म ठेक्कापट्टा हुन सकेको छैन।
विभिन्न प्याकेज गरी १७ वटा सडक निर्माण कार्यको, २ वटा पुलको गरी जम्मा १९ वटा ठेक्का संचालनमा छन् । रानी देखि धरान सम्मको सडक खण्डमा विभिन्न समयमा छुट्टाछुट्टै ठेक्कापट्टा व्यास्थापन भई निर्माण कार्य भैरहेकोले सम्पन्न हुने मिति र हाल सम्मको प्रगति पनि फरकफरक रहेको छ । समग्रमा योजनाको ८५% प्रगति रहेको छ ।
....