हाम्रो बारेमा

विगतमा चिट्ठीपत्र आदान प्रदान गर्न तराई-मधेसको पूर्वमा झापादेखि पश्चिममा कन्चनपुरको दैजीसम्म हुलाकी सडकको रुपमा प्रयोगमा आएको सडकलाई हुलाकी राजमार्गको रुपमा विकास गर्ने परिकल्पना बमोजिम यो आयोजना कार्यान्वयनमा ल्याईएको हो | तराई-मधेसमा निर्वाध आवागमन र सामाजिक आर्थिक गतिविधिमा विस्तार हुने भएकोले यस आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा कार्यान्वयन ल्याईएको छ | यस आयोजनाको उधेश्य पूर्वमा झापाको भद्रपुरबाट पश्चिममा कन्चनपुरको दैजीसम्म तराई-मधेशका जिल्ला सदरमुकाम र घना बस्तीलाई जोड्दै यातायातको सहज पहुँच विस्तार गरी यस क्षेत्रको सन्तुलित विकास गर्नु रहेको छ | यस आयोजनाको कार्यान्वयन हुने क्षेत्र तराई मधेसको २१ जिल्ला तथा लाभान्वित जनसंख्या ८० लाख रहेको छ | तराई मधेसका २१ जिल्लामा यातायातको सहज पहुँच विस्तार गर्दै सामाजिक तथा आर्थिक क्रियाकलाप बढाई राष्ट्रकै आर्थिक समृद्धिको लक्ष्य हासिल गर्ने, आन्तरिक तथा बाह्य पर्यटन प्रवर्धनमा वृद्धि गर्ने, यस क्षेत्रमा उत्पादित कृषिजन्य उत्पादानलाई सजिलै बजारसम्म पहुच गराई अन्य आर्थिक क्रियाकलाप बढाई राष्ट्रकै उन्नतिको लक्ष्य हासिल गर्ने उद्देश्य रहेको छ।

यस हुलाकी राजमार्ग आयोजना अन्तर्गत सम्पूर्ण सडक संजालको कुल लम्बाई १८५७ कि.मि. रहेको छ | जसमध्ये पूर्व-पश्चिम सडकको लम्बाई 975 कि.मि. रहेको छ भने उत्तर-दक्षिण जोडिने सहायक सडकको लम्बाई 8८२ कि.मि. रहेको छ | आ.ब. २०६६/०६७ देखि शरु भएको यो आयोजना (आ. व. २०८३/८४ संशोधन प्रस्ताव) मा सम्पन्न गर्ने लक्ष्य रहेको छ |



डाउनलोड