सर्वसाधारणमा अनुरोध

२०८२ मंसिर २५

एशियाली विकास बैंकको ऋण सहयोगमा सञ्चालित पृथ्वी राजमार्गको मुग्लिङ्गपोखरा सडक खण्डको मुग्लिङ्ग बजार देखि त्रिशुली पारीपट्टिबाट  मस्र्याङ्गदी जल विद्युत आयोजना भन्दा पश्चिम पट्टिसम्म गोरखा तर्फबाट २ लेनको नयाँ सडक निर्माण गर्न र सो पश्चिम आबुखैरेनीसम्म अहिलेको राजमार्ग चौडाइ गरी ४ लेनको सडक निर्माण गर्न र महेन्द्र राजमार्ग अन्तर्गत नारायणघाट - हेटौडा सडक खण्डको गोन्द्राङ्ग -टिकौली जङ्गलमा २ कि.मी. को Flyover सहित राप्ती नदी पुल सम्म खुला तथा जङ्गल क्षेत्रमा ४ लेन, बस्ती तथा बसोवास भएका स्थानमा ४ लेनमा र थप १/१ लेन सर्भिस लेन र शहरी क्षेत्रमा थप २/२ लेनको सर्भिस लेन, ड्रेन, फुटपाथ तथा पैदलयात्रु हिंड्ने पुल र सवारी साधान वारपार गर्ने पुल सहित स्तरोन्नती गरिने कार्य रहेकोले सडकको सीमा अतिक्रमण गरी घर टहरा तथा संरचना निर्माण नगरी । सहज निर्माण कार्यको लागि विद्युत पोल, ढल खानेपानी, एवम् अन्य सार्वजनिक संरचना स्थानान्तरण गर्नु हुन र थप निर्माण नगर्न नगराउनु हुन सम्बन्धित सबैमा यो सार्वजनिक सूचना जारी गर्दछौं ।

आयोजना निर्देशक


डाउनलोड गर्नुहोस्