हाम्रो बारेमा
वि.सं.२०४७ मा सडक विभाग अन्तर्गत स्थापित, आयोजना निर्देशनालय (ए.डी.बी.)ले एसियाली विकास बैंकको आर्थिक सहयोगमा निर्माण हुने सडक परियोजनाहरूको व्यवस्थापन गर्दछ। यसले आयोजनाको तयारीदेखि स्वीकृति, कार्यान्वयन र मूल्याङ्कनसम्मको सम्पूर्ण चक्रलाई ए.डी.बी.को प्राविधिक,वातावरणीय र सामाजिक सुरक्षा मापदण्डअनुसार सञ्चालन गर्दछ। यस निर्देशनालयले रणनीतिक सडक संजाल विकासमार्फत नेपालको आर्थिक वृद्धि, क्षेत्रीय आवद्धता प्रकोप सहनशीलता बढाउन केन्द्रित गर्दछ।
एसियाली विकास बैंक (ADB) को आर्थिक सहायतामा निर्माण हुने सडक आयोजनाहरूको व्यवस्थापन गर्न वि.सं. २०४७ मा सडक विभाग अन्तर्गत आयोजना निर्देशनालय (ADB) नामको एउटा छुट्टै निर्देशनालय स्थापना गरिएको थियो। हाल आयोजना निर्देशनालय (ADB) को कार्यालय विशालनगर, काठमाडौंमा अवस्थित छ।
आयोजना निर्देशनालय (ADB) अन्तर्गतका सम्पन्न आयोजनाहरू
१. ऋण ११७-NEP(SF): हेटौंडा-नारायणगढ सडक आयोजना, १०.१ मिलियन अमेरिकी डलर, र थप ऋण २७४-NEP(SF), ४.८ मिलियन अमेरिकी डलर (सन् १९७२)
-
हेटौंडा-नारायणघाट सडक स्तरोन्नति: ७८ कि.मी.
२. ऋण ६५१-NEP(SF): सहायक सडक (Feeder Roads) आयोजना, १७.५ मिलियन अमेरिकी डलर (सन् १९८३)
-
गोदावरी-सहजपुर सडक स्तरोन्नति: ४१ कि.मी.
-
चारआली-कन्याम सडक रि-सिल (Reseal): २८ कि.मी.
-
कन्याम-फिक्कल सडक स्तरोन्नति: १० कि.मी.
-
फिक्कल-माइखोला सडक स्तरोन्नति: २७ कि.मी.
-
फिक्कल-पशुपतिनगर स्तरोन्नति: ११ कि.मी.
३. ऋण ८०६-NEP(SF): सडक सुधार आयोजना, ३० मिलियन अमेरिकी डलर (सन् १९८६)
-
स्याउले-दिपायल सडक स्तरोन्नति: ५४ कि.मी.
-
दिपायल-सिलगढी सडक स्तरोन्नति: ११ कि.मी.
-
बेलबारी-चौहर्वा सडक पुनर्स्थापना: १३४ कि.मी.
४. ऋण ९८२-NEP(SF): दोस्रो सडक सुधार आयोजना, ५० मिलियन अमेरिकी डलर (सन् १९८९)
-
चौहर्वा-ढल्केबर सडक पुनर्स्थापना: ४९ कि.मी.
-
ढल्केबर-पथलैया सडक रि-सिल (Reseal): ९९ कि.मी.
-
हेटौंडा-पथलैया सडक पुनर्स्थापना: २९ कि.मी.
-
पथलैया-वीरगन्ज सडक पुनर्स्थापना: २८ कि.मी.
५. ऋण १३७७-NEP(SF): तेस्रो सडक सुधार आयोजना, ४० मिलियन अमेरिकी डलर (सन् १९९५)
-
सहजपुर-डडेल्धुरा-पाटन सडक पुनर्स्थापना: १२० कि.मी.
-
लमही-तुलसीपुर सडक पुनर्स्थापना: ४६ कि.मी.
-
माइखोला-इलाम सडक पुनर्स्थापना: १५ कि.मी.
-
इलाम-फिदिम सडक पुनर्स्थापना: ६७ कि.मी.
६. ऋण नं. १८७६ (SF): सडक सञ्जाल विकास आयोजना, ४६ मिलियन अमेरिकी डलर (डिसेम्बर २००१)
-
बेलबारी-चौहर्वा सडक सुदृढीकरण: १४० कि.मी.
-
विराटनगर-बरदंगा: ३९ कि.मी.
-
उर्लाबारी-बरदंगा: २८ कि.मी.
-
दमक-गौरीगन्ज सडक स्तरोन्नति: २२ कि.मी.
-
दोलालघाट-चौतारा सडक स्तरोन्नति: २५ कि.मी.
-
पौवा भञ्ज्याङ-फिदिम सडक स्तरोन्नति: २४ कि.मी.
-
हिले-बसन्तपुर सडक स्तरोन्नति: २६ कि.मी.
-
बसन्तपुर-मुढे सडक स्तरोन्नति: १३ कि.मी.
-
मुढे-खाँदबारी सहायक सडक: ६२ कि.मी.
-
पिलुवा खोला पुल: १०० मि.
-
कोहलपुर-गड्डा चौकी सडक (PBMC): २०५ कि.मी.
-
हेटौंडा-नारायणी पुल सडक (PBMC): ७७ कि.मी.
७. ऋण २०९७-NEP(SF): उप-क्षेत्रीय यातायात सहजीकरण आयोजना, २० मिलियन अमेरिकी डलर (सन् २००४)
-
वीरगन्ज ICD-त्रिभुवन राजपथ सडक स्तरोन्नति: १२.४ कि.मी.
-
भैरहवा-परासी-भुमही सडक स्तरोन्नति: २९ कि.मी.
-
काँकडभिट्टा ICD
८. अनुदान ००५१-NEP(SF): सडक कनेक्टिभिटी सेक्टर I आयोजना, ५५.२ मिलियन अमेरिकी डलर (सन् २००६)
-
गल्छी-त्रिशूली-स्याफ्रुबेशी सडक स्तरोन्नति: ८८.५८ कि.मी.
-
तामाकोशी-मन्थली-खुर्कोट सडक स्तरोन्नति: ५५.२ कि.मी.
-
फिदिम-ताप्लेजुङ सडक स्तरोन्नति: ९५ कि.मी.
-
ढल्केबर-जनकपुर सडक स्तरोन्नति: २५ कि.मी.
-
भैरहवा-तौलिहवा सडक स्तरोन्नति: ४७.३ कि.मी.
-
भक्तपुर-चाँगुनारायण सडक स्तरोन्नति: ५.७ कि.मी.
-
सुनकोशी पुल: १०० मि.
९. अनुदान नं. ०१५०-NEP(SF): आपतकालीन बाढी क्षति पुनर्स्थापना आयोजना (EFDRP), २५.६ मिलियन अमेरिकी डलर (सन् २००९)
-
चतरास्थित कोशी पुल: २६२ मि.
-
कैलाली, डोटी, अछाम र कञ्चनपुर जिल्लाहरूमा पहिरो नियन्त्रण कार्य
१०. ऋण नं. २६८५(SF)/अनुदान नं. ०२२५-NEP(SF): उप-क्षेत्रीय यातायात वृद्धि आयोजना, ४९ मिलियन अमेरिकी डलर (सन् २०१०)
-
बेलबारी-चौहर्वा सडक स्तरोन्नति/सुधार: ४७.८ कि.मी.
-
हरकपुर-ओखलढुङ्गा सडक स्तरोन्नति/सुधार: ४१.२ कि.मी.
-
ओखलढुङ्गा-सल्लेरी सडक स्तरोन्नति/सुधार: ५७.७ कि.मी.
-
चैनपुर-खाँदबारी सडक स्तरोन्नति/सुधार: ४३.५ कि.मी.
-
भैरहवा बाइपास नयाँ सडक निर्माण: ३.४ कि.मी.
-
नेपालगन्ज-कोहलपुर सडक स्तरोन्नति: २२.२ कि.मी.
११. सासेक (SASEC) सडक कनेक्टिभिटी आयोजना (SRCP); ऋण नं. ३०१२-NEP (SF), ५० मिलियन अमेरिकी डलर (सन् २०१३)
-
मन्थली-रामेछाप सडक स्तरोन्नति: १३.४ कि.मी.
-
हलेसी-दिक्तेल सडक स्तरोन्नति: ३५.४ कि.मी.
-
लेगुवाघाट-भोजपुर सडक स्तरोन्नति: ६५.६ कि.मी.
-
पूर्व-पश्चिम राजमार्ग-चतरा पुल-पूर्व-पश्चिम राजमार्ग सडक स्तरोन्नति: ६१.३ कि.मी.
१२. भूकम्प आपतकालीन सहायता आयोजना (EEAP); ADB ऋण नं. ३२६०-NEP, ८५ मिलियन अमेरिकी डलर (सन् २०१५)
-
दोलखा-सिंगटी सडकको पुनर्स्थापना र स्तरोन्नति: ३५ कि.मी.
-
धादिङ-गोरखा सडकको पुनर्स्थापना र स्तरोन्नति: ४० कि.मी.
-
पाँचखाल-मेलम्ची सडकको पुनर्स्थापना र स्तरोन्नति: २३ कि.मी.
आयोजना निर्देशनालय (ADB) अन्तर्गतका निर्माणाधीन आयोजनाहरू
१. सासेक (SASEC) सडक सुधार आयोजना (SRIP); ऋण नं. ३४७८-NEP, १८६.८ मिलियन अमेरिकी डलर (सन् २०१७)
-
भैरहवा-लुम्बिनी-तौलिहवा सडक स्तरोन्नति (सम्पन्न): ४१.२ कि.मी.
-
नारायणगढ-बुटवल सडक स्तरोन्नति: ११३ कि.मी.
२. सासेक (SASEC) राजमार्ग सुधार आयोजना (SHIP); ऋण नं. ३७२२-NEP, १४९ मिलियन अमेरिकी डलर (सन् २०१८)
-
कञ्चनपुर-कमला सडक स्तरोन्नति: ८७ कि.मी.
३. सासेक (SASEC) मुग्लिन-पोखरा राजमार्ग सुधार चरण १ आयोजना; ऋण नं. ३८४८-NEP, १९५ मिलियन अमेरिकी डलर (सन् २०१९)
-
आँबुखैरेनी-पोखरा सडक स्तरोन्नति: ८१ कि.मी.
४. सासेक (SASEC) राजमार्ग वृद्धि आयोजना (SHEP); ऋण नं. ४३१६-NEP, ३०० मिलियन अमेरिकी डलर (सन् २०२३)
-
काँकडभिट्टा-लौकही सडक स्तरोन्नति: ९५ कि.मी.