हाम्रो बारेमा

व्यापारिक, ऐतिहासिक र सामरिक महत्त्व भएका उत्तर दक्षिण सडक सञ्जालबाट दुई छिमेकी चीन र भारतसंग व्यापार सम्बन्ध मजबुद गर्ने लक्ष्य अनुरुप नेपाल सरकारले प्रमुख आठवटा सडक सञ्जाल निर्माण गर्ने लक्ष्य राखेको छ । आठवटा उत्तर दक्षिण कोरिडोर मध्ये तीनवटा सडकलाई नेपाल सरकारले राष्ट्रिय गौरवका आयोजनाको सुचीमा राखेर प्राथमिकताका साथ निर्माण गरिरहेको छ ।

नेपाल सरकारले उत्तर–दक्षिण जोड्ने तीनवटा सडक कर्णाली, कालीगण्डकी र कोशी राजमार्गलाई २०६४ देखि निर्माण थालेको हो । २०६६ देखि नेपाल सरकारले यी राजमार्गहरुलाई राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत गरेर प्राथमिकताका साथ ट्रयाक खोल्ने, स्तरोन्नति गर्ने कार्य चालु रहेको छ ।