कार्य क्षेत्र

यस योजनाको कार्यक्षेत्र माडर -चौहर्वा, गोलबजार सिरहा साँघुरे उदयपुर, मिर्चैया-कटारी-घुर्मी, हिलेपानी- ओखलढुगां-सल्लेरी (NH20)  राष्ट्रिय लोकमार्गको मिर्चैया-कटारी-घुर्मी सडक खण्ड हो । करिब ७२ कि.मि. रहेको यस मिर्चैया-कटारी-घुर्मी सडकलाई दुईलेनको कालोपत्रे स्तरमा स्तरोन्नति गरी बाँकी रहेका पुलहरु समेत निर्माण समेत गर्नु योजना कार्यालयको मुख्य काम हो । यस मिर्चैया-कटारी-घुर्मी सडक सिरहा जिल्लाको पुर्व पश्चिम राजमार्ग (NH01), मिर्चैयाबाट शुरु भै उदयपुर जिल्लाको कटारी न.पा. वडा नं. १, २, ३, ४, ८, ११ हुँदै १४ नं. वडाको पुष्पलाल (मध्यपहाडी) राजमार्ग (NH03) को घुर्मीमा समाप्त हुन्छ ।