हाम्रो बारेमा

कार्यालयको ईतिहास

सडक विभाग मातहत रहेका सामरिक महत्वका सडक संजालहरुको मर्मत संभार तथा संचालन गर्ने उद्देश्यले सडक विभाग अन्तरगत ३३ वटा मर्मत डिभिजनहरुको स्थापना गरिए वमोजिम काठमाडौं जिल्ला भित्र पर्ने राष्ट्रिय राजमार्ग, सहायक राजमार्ग तथा सामरिक महत्वका शहरी सडक तथा पूलहरुको निर्माण, मर्मत, संभार तथा संचालन गर्ने गरी सडक डिभिजन काठमाडौं संचालनमा रहेको छ ।

कार्यालयको स्पष्ट दृष्टिकोण, लक्ष्य र उद्देश्य

सडक विभागको नीति, निर्देशन वमोजिम सडक विभाग मातहत रहेका सामरिक महत्वका सडक संजाल अन्तर्गत पर्ने राष्ट्रिय राजमार्ग, सहायक राजमार्ग तथा सामरिक महत्वका शहरी सडक तथा पूलहरु निर्माण, मर्मत, संभार गरी सडक संजालहरु  चुस्त दुरुस्त राख्ने तथा सडक विस्तार अभियान अन्तर्गत विस्तारित सडकहरु निर्माण सूधार गरी यातायात सहजीकरण गर्ने ।

कामसंग सम्वन्धित शाखाहरु तथा कार्यालयहरु

क.    प्राविधिक शाखा
ख.    लेखा शाखा
ग.    प्रशासन तथा स्टोर शाखा
घ.    ल्याव शाखा


कार्यालयले दिने सेवा सम्बन्धी विवरण

नागरिक वडापत्र मा उल्खेख भए बमाेजिम यस कार्यालयबाट सेवा उपलब्ध हुनेछ ।



डाउनलोड