कार्य क्षेत्र

आयोजनाको पृष्ठभूमि :

पूर्व दक्षिण एसियाको यातायात तथा व्यापार आबद्धता अभिवृद्धि कार्यक्रम (Accelerating Transport and Trade Connectivity in Eastern South Asia Nepal Phase 1 Project- ACCESS) कार्यान्वयनका लागि नेपाल सरकार र विश्व बैंकबीच मिति 18th September 2022 मा ऋण सम्झौता भएको हो | यस आयोजनामा वैदिशक स्रोततर्फ ९२ प्रतिशत र  नेपाल सरकारको स्रोततर्फ ८ प्रतिशत लगानी रहने व्यवस्था छ  |

 

योजनाको संक्षिप्त विवरण :

बुटवल-गोरुसिंगे-चन्द्रौटा सडक योजना अन्तर्गत बुटवल देखि चन्द्रौटा सम्म (६९कि.मि.) सडकको कम गतिको सवारी साधनको लागि सहरी क्षेत्रमा  service lane सहित  लेनमा स्तरोन्नति गर्ने  योजना अनुरुप  बुटवल गोरुसिंगे चनौटा सडक खण्ड (६९कि.मि.) सडक खण्डको लेनमा स्तरोन्नति गरिने योजना । बुटवल– गोरुसिंगे–चनौटा सडक खण्ड (६९ कि.मि.) मध्ये बुटवल-गोरुसिंगे सडक खण्ड (५० कि.मि.) स्तरोन्नति कार्य गर्नको लागि मिति 25th June, 2024 (२०८१/०३/११) मा श्री Joint Venture Shaanxi Construction Engineering Group Corporation Limited (SCEGC)/Ashish Nirman Sewa Pvt. Ltd. (ANS)- M/S SCEGC-ANS Joint Venture सँग ठेक्का सम्झौता भएको छ |



डाउनलोड