हाम्रो बारेमा

कार्यालयको इतिहास
भौगोलिक बनोटका आधारमा नेपालमा हिमाल, पहाड र तराईको सम्योजन रहेको छ । नेपालका बिभिन्न धार्मिक, सांस्कृतिक, ऐतिहासिक तथा पर्यटकिय स्थानहरु सम्मको पहुचले देश बिकासमा महत्वपूर्ण योगदान खेलेको हुन्छ । यस्ता महत्वपूर्ण  स्थानहरुसम्म सहज रुपमा आवागमनका लागी सडक यातायात नै भरपर्दो माध्यम बनेकोे छ ।  प्रदेश नं १ को समग्र बिकासमा टेवा पुर्याउने उद्देस्यका साथ नेपाल सरकारले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग अन्तर्गत २०७५ सालमा स्वीकृत सांगठानिक संरचना अनुसार यस सडक डिभिजन , तुम्लिङ्गटारको स्थापना भई २०७१।०६।२६ बाट संचालनमा रहेको छ । यस डिभिजनको निकटम माथिल्ल्लो निकाय संघीय सडक सुपरिबेक्षण तथा अनुगमन कार्यालय, ईटहरी (हाल दमक झापा) रहेको छ । 
यस डिभिजन लाई भोजपुर र संखुवासभा गरी दुई जिल्लाको मुख्यत सामारिक महत्वका सडक सञ्जालको विकास तथा मर्मत संभार कार्यको जिम्मा दिइएको छ । Strategic Road Network अन्र्तगतको उत्तर दक्षिण कोशी लोकमार्गको ९१.२५ कि.मि. सडक खण्ड यस कार्यालयको मातहतमा पर्दछ ।

कार्यालयको स्पष्ट दृष्टिकोण, लक्ष्य र उद्धेश्य
डिभिजनको स्पष्ट दृष्टिकोण ूसडक सञ्जालको विकास तथा मर्मत संभार गर्नेू बाट निर्धारित लक्ष्य ूकुल सडक यातायात खर्च न्यूनतम राख्नेू भन्ने लक्ष्य हासिल गर्न यस कार्यालयले निम्न मुख्य उद्धेश्य पहिचान गरेको छ ।
सडक यातायातलाई भरपर्दो सुरक्षित र कम खर्चिलो बनाउन आवश्यक योजना तर्जुमा निर्माण तथा संभार कार्यहरुको प्रभावकारी व्यवस्थापन गर्नेू ।

कामसँग सम्बन्धित शाखाहरु तथा कार्यालयहरु
यस डिभिजनबाट कार्यान्वयन हुने कार्यहरुलाई निम्न ३ भागमा विभाजन गरिएको छ ।
क) प्राविधिक शाखा
ख) लेखा शाखा
ग) प्रशासन शाखा

 

 



डाउनलोड