पृष्ठभुमि

धार्मिक, सांस्कृतिक, ऐतिहासिक र पर्यटकीय हिसावले नेपाल अत्यन्तै धनि छ। विश्वको सर्वोच्च शिखर सगरमाथा, आराध्यदेव भगवान पशुपतिनाथको मन्दिर रहेको पवित्र पाशुपात क्षेत्र, शान्तिका अग्रदुत गौतम बुद्धको जन्मस्थल लुम्विनीका साथै अन्य महत्वपूर्ण स्थलहरुले नेपाललाई विश्वमाँझ परिचित बनाएका छन्। भौगोलिक बनोटको असमानताका कारण नेपालका विभिन्न स्थानमा रहेका महत्वपूर्ण स्थानहरुसम्म आगमनका लागि सडक यातायातले महत्वपूर्ण भूमिका खेलेको छ। कूनै पनि क्षेत्रको आर्थिक, सामाजिक र पर्यटकिय विकासमा सडक यातायातको महत्वपूर्ण स्थान रहेको हुन्छ । यसै कुरालाई मनन गर्दै समग्र विकासमा टेवा पुर्याउने उद्देश्यले पाँच नम्बर प्रदेशको पर्यटकीय स्थल लुम्बिनीमा आएका पर्यटकहरूलाई गण्डकी प्रदेशको बाग्लुङ्ग जिल्लामा अवस्थित नेपालको एकमात्र सिकार आरक्षण ढोरपाटन सम्म पुर्याउने र यस क्षेत्रमा उत्पादित कृषिजन्य पदार्थलाई सजिलै बजारसम्म पहुँच साथै अन्य आर्थिक क्रियाकलाप बढाई राष्ट्रकै उन्नतिको लक्ष्य गर्ने उदेश्यले यस सालझण्डी सन्धिखर्क ढोरपाटन सडक योजना कार्यालयको आ.व. २०६६/०६७ मा स्थापना  भई प्रथम प्राथमिकताका साथ निर्माण गर्दै जाने अठोट गरे अनुरुप त्यसपछिका सरकारबाट पनि हालसम्म निरन्तरता दिइएको छ।

"To Contribute Towards the Betterment of Living Conditions of the People through Effective, Efficient, Safe and Reliable Road Connectivity"

© 2021 सर्वाधिकार सुरक्षित सडक बिभाग

Visitor:

Navigation