योजनाको संक्षिप्त परिचय
नेपाल सरकारको निर्णय अनुसार २०७५/०९/०१ मा यो योजना कार्यालय स्थापना भई काभ्रेको धुलिखेलमा अवस्थित रहेको छ । यस योजना कार्यालयको कार्यक्षेत्र नुवाकोट जिल्लाको पार्टीभञ्ज्याङ्ग देखि खोटाङ्ग जिल्लाको चखेवा सम्म ३४० कि.मि. रहेको छ । यस मध्ये १३० कि.मि. लम्बाईमा नयाँ ट्रयाक खोल्नु पर्नेमा आ.व २०७३/७४ र २०७४/७५ मा ठेक्का व्यस्थापन भइ स्थानीयको सडक रेखाङ्कन द तथा EIA स्वीकृत नभएको कारण ३.५ कि.मि र अन्य १६.५ कि.मि खण्ड बाहेक सम्पूर्ण ट्रयाक खोल्ने कार्य सम्पन्न भई सडक चौडा गर्ने कलभर्ट टेवा-पर्खाल जस्ता संरचना तथा पुल निर्माण गर्ने कार्य भईरहेको छ । साथै ७७ कि.मी. कालोपत्रे गर्ने कार्यको ठेक्का व्यवस्थापन भई कार्य सञ्चालनमा रहेको छ भने कोशी करिडोर अन्तर्गत उदयपुरको घुर्मी देखि चतारा सम्म १६७ कि.मि. मध्ये ७६ कि.मि सडकमा आ.ब २०६८/६९ मा ठेक्का व्यस्थापन भएतापनि १६ कि.मि बाहेक बाँकी ६० कि.मि मा EIA नभएको कारण निर्माण व्यवसायी द्वारा कार्य गर्न नसकेको भनि हाल १६ वटा ठेक्काहरू आर्बिटेसन रहेको छ।
Return to the Project Office