सामान्य जानकारी

सडक सञ्जालको विकासलाई आत्मसात गर्दै, नेपालको मध्य पहाडी भुभागका जिल्लाहरुलाई यातायात सञ्जालमा जोडी उक्त क्षेत्रको आर्थिक, सामाजिक, सास्कृतिक, पर्यटकीय र शैक्षिक लगायतका समग्र क्षेत्रको सन्तुलित विकास गर्ने अभिप्रायले तराईका जिल्लाहरु समेटेर निर्माण गरिएको पूर्व पश्चिम राजमार्ग जस्तै पहाडी क्षेत्रको पूर्वमा पाँचथर जिल्लाको चियोभञ्ज्याङ्ग (नेपाल भारत सिमाना) देखि पश्चिममा बैतडी जिल्लाको झुलाघाट (महाकाली नदी) सम्म पुग्ने गरी करीब १८७९ कि.मि. लम्बाईको वैकल्पिक राजमार्ग निर्माण गर्ने उद्देश्यका साथ नेपाल सरकारको आन्तरिक श्रोतवाटै सम्पूर्ण खर्च व्यहोर्ने गरी आ.व. २०६४/०६५ देखि मध्य पहाडी राजमार्ग आयोजना संचालनमा रहेको छ।

  1. राजमार्गको रेखाङ्कन

प्रारम्भ बिन्दु: पाँचथर जिल्लाको पुर्वी भेगमा पर्ने चियोभन्ज्याङ्ग, (नेपाल भारत सिमा) बाट शुरु भई  बैतडी जिल्लाको झुलाघाट (नेपाल–भारत सिमा) सम्म पुग्ने गरी नेपाल सरकारबाट स्वीकृत रेखाङ्कन निम्न उल्लिखित स्थानहरु हुंदै निर्माण गरिने निर्णय भएको छ।

 

प्रदेश नं. १: चिओभञ्ज्याङ्ग, च्याङ्गथापु, ओयाम, थर्पु, गणेशचोक, गोपेटार, जोरसाल, तमोर नदी, सक्रान्ती बजार, म्याङ्गलुङ्ग, बसन्तपुर, हिले, लेगुवाघाट, भोजपुर, दिक्तेल, हलेसी, हिलेपानी, टोक्सेलघाट   (घुर्मी)

प्रदेश नं. ३:घुर्मी, खुर्कोट, राकाथुम, चौरीखोला, दोलालघाट, बाहुनेपाटी, पाति भञ्ज्याङ्ग–सानो कात्तिके, छहरे, त्रिशुली, सल्यानटार, गोरखा सिमाना (आरुघाट)

प्रदेश नं. ४:गोरखा सिमाना (आरुघाट), पालुङ्गटार, भोर्लेटार, भगवतीटार, भैसे, पोखरा, बागलुङ्ग, बुर्तिवाङ्ग, वाग्लुङ्ग ( रुकुम सिमाना

प्रदेश नं. ५:रुकुम सिमाना, लुकुमगाँउ, रुकुमकोट

प्रदेश नं. ६: मुसिकोट, चौरझारी, जगातीपुर, बेस्ताडा, दैलेख, दुल्लु, जम्बुकाँध, सातला, साइजिउला, बेलखेत

प्रदेश नं. ७:बेलखेत, बिनायक, साफेबगर, सिलगढी, डडेलधुरा, पाटन, सतबाँझ, झुलाघाट

"To Contribute Towards the Betterment of Living Conditions of the People through Effective, Efficient, Safe and Reliable Road Connectivity"

© 2021 सर्वाधिकार सुरक्षित सडक बिभाग

Visitor:

Navigation