मुख्य कार्यहरु
योजना तथा अनुगमन महाशाखाबाट हुने मुख्य-मुख्य कार्यहरु:
-
नेपाल सरकारको नीति अनुरुप योजना तर्जुमा तथा कार्यक्रम सडक बिभागका महाशाखाहरु, मन्त्रालय र अन्य निकयाहरुसंग समन्वय गरी तर्जुमा गर्ने ।
-
लक्ष्य अनुरुप तोकिएको काम उपयुक्त स्तर तथा निश्चित अवधिमा पूरा गर्न स्पष्ट नीति निर्देशन एवं मार्गनिर्देशन दिने ।
-
रेट एनलाईसिसको लागि Norms तयार पार्ने र सुधार गर्न आवस्यक प्रक्रिया अपनाउने ।
-
निर्माण प्रविधिको अनुसन्धान गर्ने, विभागबाट संचालन हुने कामको राष्ट्रिय स्तरको डिजाईन सम्बन्धी नीति तयार गर्ने, डिजाइन कम्पुटराइजेशन गर्ने, सफ्टवेयर विकास गर्ने ।
-
गुणस्तर परीक्षण, सिभिल इन्जिनियरिंग कामको लागि स्पेसिफिकेसन सम्बन्धी आवश्यक कार्य गर्ने ।