उपकरण प्रयाेग सम्बन्धी जानकारी

उपकरण प्रयोगकर्ताले पालना गर्नु पर्ने नियम तथा शर्तहरु

१.  बिहान ८ बजेदेखि बेलुका ६ बजेसम्म १० घन्टाको १  सिफ्ट हुनेछ ।

२.  Hourly Hire Rate अनुसार माग भएमा माग गरेको घन्टाको लागि Hourly Hire Rate अनुसार भाडामा दिईने छ ।

३.  मेसिन बिग्रेको समयमा भाडा लाग्ने छैन ।

४.  सार्बजनिक बिदाको दिन मेसिन संचालन नभएमा भाडा लाग्ने छैन ।

५.  काम गरेको वखतमा मेसिनको कुनै पनि हानि -नाेक्सानीकाे क्षातिपूर्ती गर्ने  उत्तरदायित्व मेशिन प्रयोगकर्ताको हुने छ ।

 ६.  मेसिन भाडामा माग भएको समयको लागि लाग्ने भाडा रकममा २५ प्रतिशत थप गई हुन आउने रकमको काेषा तथा लेखा नियन्त्रण कार्यालयको नेपाल बै‌क लिमिटेड स्थित धरौटी खाता नं. २७/५१ ८४२७ मा जम्मा गराइ निवेदन साथ ऊक्त भौचर पेश गर्नु पर्नेछ ।

७. मेसिन बिग्रीई मर्मत गर्न समय लागेको कारणबाट मेसिन प्रयोगकर्ताको काममा कुनै बाधा नोक्सानी पर्न गएमा यस कार्यालय जिम्मेबार रहने छैन ।

८.  मेसिन संचालन गर्दा कार्यक्षेत्रको संधियार कसैलाई हानी नोक्सानी भएमा  साे को क्ष्यतिपूर्ती जिम्मेवारी मेसिन लग्ने निकाय कै हुनेछ ।

९.  काम नसकिकन मेसिन बिग्री वा अन्या कारणले फिर्ता गर्न परेमा फिर्ता गर्न लाग्ने खर्च समेत मेशिन प्रयोगकर्ताले व्यहोनु पर्ने छ ।

१०.  खटिएका अपरेटर मेकानिक आदिले पाउने खर्च तथा ओवर टाईम भत्प्रता प्रयाेगकर्ताले व्यहोनु पर्नेछ ।

११.  मेसिन प्रयोग कर्ताले अनिवार्य रुपमा समय मिति जनाई मेसिन बुझ्न पर्नेछ र फिर्ता गर्दा यस कार्यालयले अनिवार्य रुपमा समय र मिति जनाई बुझ्नेछ ।

यान्त्रिक उपकरण भाडा दर, (ईन्धन बाहेक) तालिका

सि.नं. मेसिन सडक विभागको कोड क्षमता बर्ग भाडा दर प्रति सिफ्ट रु.
प्रति घण्टा रु.
१ ट्रयाक डोजर ३१ १२०देखि १८० हर्ष पावर सम्म १८०० १२६००
२ मिनी ट्रम्पर ३५ १ घन मिटर सम्म २५० १७५०
३ मोटरग्रेडर ५५ १८० देखि १४५ हर्ष पवेर साम १२०० ८४००
४ व्हिल लोडर ६८ १.७५ देखि २.५ घन मिटर सम्म १२०० ८४००
५ व्हिल लोडर ६८ १ देखि १.७५ घन मिटर सम्म १००० ७०००
६ ३ व्हिल लोडर ९४ १२ टन सम्म ५०० ३५००
७ Pedestal Vibrating रोलर ९८ ०.५ टन सम्म ४०० २८००
८ टिपेर ट्रक ११६ १५० हर्ष ४५० ३१५०
९ मिनी ट्रक ११७   ३०० २१००
१० वाटर ट्यांकर ११९ ६ किलो लिटर सम्म ५५० ३८५

Follow Us