हाम्राे बारेमा
जटिल भूगोल र छरिएर रहेका वस्तीहरुलाई एकीकृत विकासको माध्यामबाट यातायात सेवा उपलब्ध गराउने उद्धेश्यले नेपाल सरकार मन्त्रिपरिषदको २०७५/०२/०६ को निर्णय अनुसार मदन भण्डारी राजमार्ग आयोजनालाई आ.व. २०७५/७६ देखि कार्यन्वयनमा ल्याएको छ।पूर्वमा झापाको बाहुनडाँगी देखि सुदूरपश्चिममा डडेल्धुराको रुपाल सम्म जोड्ने यस राजमार्गको अनुमानित लम्बाई १२५० किलोमिटर छ र यो राजमार्गको रेखांकन चुरे क्षेत्रलाई आधार मानेर गरिएको छ।महेन्द्र राजमार्गको समान्त्तर र उत्तर तर्फ पूर्व-पश्चिम भएर जाने यो राजमार्गलाई बाह्रै महिना प्रयोग गर्न सकिने गरी रेखांकन गरिने छ। गुल्मी, अर्घाखाँची र प्युठान जिल्लामा पर्ने मदन भण्डारी राजमार्गको सडक खण्ड निर्माणको लागि यस कार्यालयको स्थापना सडक बिभाग, मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालय अन्तर्गत भएको हो।