हाम्रो बारेमा

कार्यालयको इतिहास
देशको विकासको मेरुदण्डको रुपमा रहेको यातायात सेवालाई देशभरी संजालको रुपमा विकास गर्न र देशको राजधानीसंग सडक संजाललाई जोडने अभिप्रायले  तत्कालिन स्व. राजा श्री ५ महेन्द्र विर बिक्रम शाहदेवाट पूर्व–पश्चिम राजमार्ग (महेन्द्रराजमार्ग) को २०२६ सालमा नवलपरासीको गैडाकोटमा शिलान्यास गरिबक्सेको थियो ।

तत्पश्चात महेन्द्रराजमार्गको पूर्वको काकडभिट्टादेखि सुदूर पश्चिमको गड्डा चौकी सम्मको १०२७ कि.मी. सडकलाई विभिन्न मित्र राष्ट्रको सहयोगमा निर्माण भएको थियो । जसमध्ये गड्डा चौकी कोहलपुर खण्ड मित्र राष्ट्र भारतको सहयोगमा U.P. Bridge Corporation, NBCC र ग्याविन India ले ठेक्का लिई निर्माण गरेको र ती कम्पनीहरुले यसै स्थानमा आफनो कार्यालय स्थापना गरि कार्य गरेका थिए ।

२०४५ सालमा जिल्ला सडक कार्यालय स्थापना भै सडक मर्मत तथा विस्तार भैरहेको अवस्थामा श्री ५ को सरकारको निति अनुरुप २०५२ सालमा जिल्ला सडक कार्यालय लाई विस्तारित गरि डिभिजन सडक कार्यालय बनाउने निती अनुरुप कञ्चनपुर र कैलाली जिल्लालाई समटेर यस डिभिजन कार्यालयको स्थापना भएको थियो । संघियता अनुसार विभिन्न संरचनाहरु परिवर्त सँगै २०७५ सालमा यस कार्यालयको नाम सडक डिभिजन, महेन्द्रनगरकाे मुख्य कार्यालय कंचनपुर जिल्लाको भि.न. पा. ४ मा २–१५–१५ क्षेत्रफल रहेको छ र साइड कार्यालयको रुपमा कैलालीको धनगढीमा रहेको छ । 

यस डिभिजनका प्रमुख कार्यक्षेत्रहरु

  • स्थानिय सडक तथा रणनैतिक सडकमापुल निर्माण सम्बन्धि कार्यहरु
  • टनकपुर लिंक सडक
  • रणनैतिक सडक निर्माण तथा मर्मत ( पुर्व पश्चिम राजमार्ग (चिसापानी-गड्डाचौकी)र महाकाली राजमार्ग( अत्तरिया- फल्टुँडे))
  • तराई मधेश सडक पुर्वाधार बिषेश कार्यक्रम अन्तर्गतका बिभिन्न सडकहरु

कार्यालयको दृष्टिकोण  :
सडक निर्माण तथा विस्तार : विकासको मुख्य पुर्वाधार

कार्यालयको लक्ष्यः
राजमार्गहरु तथा मुख्य सडकहरु अद्यावधिक मर्मत, निर्माण, विस्तार तथा सडकहरु सफा हुनेछन् ।

कार्यालयका उदेश्यहरु :

  • राजमार्गहरुको सुधार तथा बिस्तार गर्ने ।
  • बजार क्षेत्रमा राजमार्गहरुको विस्तार गर्ने ।
  • प्रयाप्त मात्रामा सडक चिन्हरुको व्यवस्थापन गर्ने ।
  •  रणनैतीक सडकहरुको निर्माण, मर्मत तथा सुधार गर्ने ।
  • रणनैतिक सडक तथा स्थानिय सडकमा पुलहरु निर्माण गर्ने ।

सेवाहरुको सुची :

  • सडक यातायाततर्फको सार्वजनिक निर्माण सुधार (पुल पुलेसा सडक आदी) मर्मत सम्भार सुधार सम्बन्धि कार्य
  • जग्गा प्राप्ति ऐन २०३४ बमोजिम सडकक्षेत्रका लागि अधिकरण गरिएको जग्गाहरुको मुआब्जा वितरण गर्ने कार्य
  • सडक छेउमा पेट्रोल, डिजल, एलपिजि ग्यास फिलिङ स्टेसन स्थापना कार्य
  • निर्माण सामग्री तथा निर्माण कार्यको परिक्षण गर्ने कार्य ।