हाम्रो बारेमा
जटिल भूगोल र छरिएर रहेका वस्तीहरुलाई एकीकृत विकासको माध्यामबाट यातायात सेवा उपलब्ध गराउने उद्धेश्यले नेपाल सरकार मन्त्रिपरिषदको २०७५/०२/०६ को निर्णय अनुसार मदन भण्डारी राजमार्ग आयोजनालाई आ.व. २०७५/७६ देखि कार्यन्वयनमा ल्याएको छ। पूर्वमा झापाको बाहुनडाँगी देखि सुदूरपश्चिममा डडेल्धुराको रुपाल सम्म जोड्ने यस राजमार्गको अनुमानित लम्बाई १२५० किलोमिटर छ र यो राजमार्गको रेखांकन चुरे क्षेत्रलाई आधार मानेर गरिएको छ। महेन्द्र राजमार्गको समान्त्तर र उत्तर तर्फ पूर्व-पश्चिम भएर जाने यो राजमार्गलाई बाह्रै महिना प्रयोग गर्न सकिने गरी रेखांकन गरिने छ।
यस आयोजनाको सम्पूर्ण सडक खण्डको DPR तयार भैसकेपछि आयोजनाको वास्तविक कुल लम्बाई र लागत स्पस्ट हुनेछ | हाल निर्माणाधीन सडकको लागतको आधारमा यस आयोजना निर्देशनालय मातहतको ८३० कि.मि. सडकमा पुल निर्माण सहित सडक स्तरोन्नति कार्य गर्न करिव रु. ८५ अर्ब रकम लाग्ने अनुमान छ |