हाम्रो बारेमा
योजनाको संक्षिप्त परिचय
काठमाडौँ चक्रपथ स्तरोन्नती योजनाको काममा चिनियाँ पक्षलाई काममा सहजता ल्याउने उद्देश्यले मिति २०६९/०९/१८ को मन्त्रीस्तरीय निर्णयबाट स्थापना गरिएको यो योजना कार्यालय हाल बबरमहल, काठमाडौँमा रहेको छ ।
नेपाल सरकार र चीन सरकार बिच भएको MOU अनुसार काठमाडौँ चक्रपथ स्तरोन्नतीको कार्य कोटेश्वर-कलंकी (१०.३५ कि.मि.) प्रथम खण्ड सम्पन्न भई चीन सरकारले नेपाल सरकारलाई सन् २०१९, ८ जनवरी मा हस्तान्तरण गरिसकेको छ ।
हाल काठमाडौँ चक्रपथ स्तरोन्नती कार्यको दोश्रो खण्ड कलंकी-वसुन्धारा अन्तर्गत नेपाल सरकारको तर्फबाट उक्त खण्डमा गर्नुपर्ने सडक सीमा सम्बन्धी काम, साविकमा रहेका विद्युत, खानेपानी, टेलिफोन तथा अन्य संरचना हटाउने, रुख कटान गर्ने कार्य भई सकेको छ ।
कलंकी-वसुन्धारा पुल सम्मको दुवै तर्फ सर्भिस ट्रयाक निर्माण नेपाल सरकारको बजेटमा स्वयम्भू सम्म निर्माण सम्पन्न भएको र स्वयम्भूबाट वसुन्धारा सम्म ४ वटा प्याकेजमा निर्माणाधिन रहेको छ ।
यस दोश्रो खण्डको मुख्य सडक चीन सरकारको अनुदान सहयोगमा निर्माण गर्न Letter of Exchange मा सहमती भएको छ ।