मदन भण्डारी राजमार्ग योजना, गाईघाट
•नेपाल सरकार मन्त्रि परिषदद्वारा २०७२ फाल्गुन १७ गते ३ बर्ष भित्र मदन भण्डारी राजमार्ग (साविक: धरान-चतरा-गाइघाट-कटारी-सिन्धुली-हेटौंडा सडक) लाई वर्षभरी नै संचालन गर्न सक्ने गरि दुई लेनको सडक विस्तार गरी निर्माण सम्पन्न गर्ने निर्णय भएको
•नेपाल सरकारको राजपत्रमा मिति २०७२ चैत्र २९ गते यस सडक को केन्द्र रेखा देखि दायाँ बायाँ १५ मि गरि जम्मा ३० मि सडक सिमा तोकेको
•यस मदन भण्डारी राजमार्ग, योजना कार्यालय गाईघाटमा मिति २०७३ बैशाख २४ गते स्थापना भएको हो
•नेपाल सरकार (मन्त्रिपरिषद) मिति २०७८-०७-०७ को निर्णयानुसार, आ.ब. ०७८/७९ को स्वीकृत अस्थायी दरबन्दी अनुसार यस योजना
कार्यालयको सम्पुर्ण दरबन्दी कटौतिमा परेकोले, गाईघाट दिक्तेल सडक योजना कार्यालय गाईघाटले यस योजनाको कामकाज समेत हेर्दै आएको छ।
•यस मदन भण्डारी राजमार्ग, योजना कार्यालय, गाईघाट अन्तर्गत उदयपुरको बसाहा देखि सिन्धुलीको भिमान सम्म जम्मा १३४ कि मि सडक र अन्तर्गतका पुलहरू पर्ने
•बसाह देखि भिमान खण्ड सम्म जम्मा १३४ कि.मि सडक मध्य १३१ कि.मि मा ५७ (प्रोजेक्ट शुरु हुनु पुर्वको ७ र योजनाले बनाएको ५०) पुल तथा कालोपत्रे (एप्रोच सडक सहित) निर्माण कार्य सम्पन्न भैसकेको छ जसमध्य ४ वटा पुल अन्य खण्डमा गरी यस योजनाले जम्मा ५४ वटा पुलको निर्माण कार्य सम्पन्न गरिसकेको छ।
•बाकि ३ कि.मि का.प. गर्नुपर्ने सडक र १ वटा पुल बनाउन बाकि रहेकोमा हाल निर्माणाधिन अवस्थामा रहेको छ।
Return to the Project Office