हाम्राे बारेमा
गाईघाट दिक्तेल सडक योजनाः
•योजना स्थापना भएको: आ.व. ०५१/५२
•योजनाको उदेश्यः उत्तरी भेगका जनतालाई यातायात तथा अन्य सुविधा उपलब्ध गराउने
•शुरु बिन्दु उदयपुरको गाईघाट र अन्तिम बिन्दु खोटङको माहुरे
•गाईघाट - माहुरे सडकको लम्बाई १०१ कि.मि मध्य पुरै लम्बाईमा ट्रेक खुलिसकेको जसमध्य उदयपुरमा ३५ कि.मि. कालोपत्रे कार्य सम्मन्न भई बाकि खण्ड निर्माणाधिन अवस्थामा रहेको
•उदयपुर जिल्लाको गाईघाट-फोक्सिंटार खण्डः ५२.५ कि.मि
•खोटाङ जिल्लाको फोक्सिंटार-माहुरे खण्डः ४८.५ कि.मि
•१८ कि.मि माहुरे देखि दिक्तेल बजार मोड सम्म मध्य पहाडी पूर्वि खण्ड अन्तर्गत पर्ने
•उदयपुरमा पर्ने बरुवा खोला पुल, अधेरी खोला पुल, छामलिङ खोला पुल र खोटाङमा पर्ने टुवा खोला पुल र साप्सु खोला पुल गरी सम्पुर्ण पुल निर्माण कार्य सम्पन्न भैसकेको। उदयपुर र खोटङ जोडने फोक्सिङटार स्थित सुनकोशी माथिको पक्कि पुल, पुल-सेक्टर धरान द्वारा निर्माणाधिन अवस्थामा रहेकोले आ.ब. ०७२/७३ देखि हिउदमा बेलिबृज जडान गरी यातायात संचालन गर्दै आएको।
मदन भण्डारी राजमार्ग योजनाः
•नेपाल सरकार मन्त्रि परिषदद्वारा २०७२ फाल्गुन १७ गते ३ बर्ष भित्र मदन भण्डारी राजमार्ग (साविक: धरान-चतरा-गाइघाट-कटारी-सिन्धुली-हेटौंडा सडक) लाई वर्षभरी नै संचालन गर्न सक्ने गरि दुई लेनको सडक विस्तार गरी निर्माण सम्पन्न गर्ने निर्णय भएको
•नेपाल सरकारको राजपत्रमा मिति २०७२ चैत्र २९ गते यस सडक को केन्द्र रेखा देखि दायाँ बायाँ १५ मि गरि जम्मा ३० मि सडक सिमा तोकेको
•यस मदन भण्डारी राजमार्ग, योजना कार्यालय गाईघाटमा मिति २०७३ बैशाख २४ गते स्थापना भएको हो
•नेपाल सरकार (मन्त्रिपरिषद) मिति २०७८-०७-०७ को निर्णयानुसार, आ.ब. ०७८/७९ को स्वीकृत अस्थायी दरबन्दी अनुसार यस योजना कार्यालयको सम्पुर्ण दरबन्दी कटौतिमा परेकोले, गाईघाट दिक्तेल सडक योजना कार्यालय गाईघाटले यस योजनाको कामकाज समेत हेर्दै आएको छ।
•यस मदन भण्डारी राजमार्ग, योजना कार्यालय, गाईघाट अन्तर्गत उदयपुरको बसाहा देखि सिन्धुलीको भिमान सम्म जम्मा १३४ कि मि सडक र अन्तर्गतका पुलहरू पर्ने
•बसाह देखि भिमान खण्ड सम्म जम्मा १३४ कि.मि सडक मध्य १२३ कि.मि कालोपत्रे (एप्रोच सडक सहित) निर्माण कार्य सम्पन्न भैसकेको तथा ४६ (प्रोजेक्ट शुरु हुनु पुर्वको ७ र योजनाले बनाएको ३९) पुल जसमध्य ४ वटा पुल अन्य खण्डमा गरी यस योजनाले जम्मा ४३ वटा पुलको निर्माण कार्य सम्पन्न गरिसकेको छ।
•बाकि ११ कि.मि का.प. गर्नुपर्ने सडकमध्य १२ वटा पुल (लम्बाई ०.५४५ कि.मि) र १०.५२२ कि.मि एप्रोच रोड (२२ पुरानो पुलको ६.२१९ कि.मि + १२ नयाँ पुलको ४.३०३ कि.मि) बनाउन बाकि रहेकोमा हाल ३ वटा ठेक्का मार्फत ठेक्का रकम रु१,४२,७०,२७,०५०।- मा सम्झौता भइ निर्माणाधिन अवस्थामा रहेको छ।उक्त ठेक्काहरुको अवधि मिति २०७७-०२-१५ देखि मिति २०७९-११-१४ सम्म रहेको छ।