धरौटी रकम फिर्ता लिन आउने सम्बन्धी सूचना
२०८३ जेठ १३
प्रस्तुत विषयमा यस कार्यालयबाट जारी खरिद ठेक्कामा सहभागी हुँदा तथा भुक्तानीको कट्टिमा राखिएको धरौटी रकम फिर्ता लैजानुपर्नेमा हालसम्म पनि तपसिल बमोजिमका सम्बन्धित फर्म, संस्थाहरुले आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व, नियमावली २०७७ को नियम ६६ बमोजिम आवश्यक कागजात लिएर फिर्ताका लागि सम्पर्क राख्न नआएको हुँदा प्रयोजनविहिन धरौटी रकम ऐनको नियम ६८ बमोजिम देखिएकाले उक्त धरौटी फिर्ता पाउनुपर्ने भनी कुनै आधार र प्रमाण भए यो सूचना प्रकाशित मितिले १५ दिनभित्र कार्यालय समयमा आई आवश्यक कागजात सहित निवेदन दिनुहुन अनुरोध छ ।