हाम्राे बारेमा
यस कार्यालयको मुख्य काम गण्डकी र लुम्बिनी प्रदेश अन्तर्गत निर्माण, मर्मत तथा स्तरोन्नति भइरहेका संघीय सडक आयोजनाहरूको प्रभावकारी रूपमा सुपरिवेक्षण, अनुगमन र गुणस्तर नियन्त्रण गर्नु हो।
मातहतका सडकका कार्यक्रम कार्यन्वयनका लागि निर्धारित लगानी/साधन, कार्यान्वयन कार्यतालिका, लक्षित प्रतिफल र यस सम्बन्धी अन्य कार्यहरुको प्रवाह तथा कार्यान्वयन योजना अनुरुप ठिकसंग भइरहेका छन् छैनन् भनी सडक डिभिजन तथा योजना/आयोजनाहरुको प्रमुखहरुसंग विवरण माग गरी निरन्तर निगरानी गर्ने कार्य गर्दछ ।
सडक डिभिजन, योजना कार्यालय, ठेकेदार र परामर्शदाताबीच समन्वय गरी आवश्यक प्राविधिक सुझाव तथा निर्देशन दिने।
कार्यक्रम, योजना/आयोजनाको निर्धारित उद्देश्यको सन्दर्भमा त्यसका कार्यहरु कति सान्दर्भिक, सक्षम, लाभदायी र प्रभावकारी देखिएका छन् भन्ने कुराको व्यवस्थित र उद्देश्य पुर्ण तरिकाले प्राविधिक/व्यवस्थापकिय दक्षता प्रयोग गरी लेखाजोखा गर्ने कार्य गर्दछ ।