नियमित मर्मत कार्य (सडक डिभिजन पोखरा अन्तर्गत जरेवर लेकसाइटको कार्य)
सडक पोटहोलको मर्मत नियमित रूपमा हुदै आइरहेको छ । विभिन्न क्षेत्रमा सडकका खाल्डाखुल्डी तत्काल मर्मत गर्न रेडिमेड प्रिमिक्स (रेडिमिक्स) बनाई तथा सडक एम्बुलेन्स सेवा प्रदान गरी कार्य गर्न यस कार्यालय अन्तर्गतका निकाय संग समन्वय, पहल भैरहेको छ । यसले नियमित मर्मत र अस्थायी रूपमा खाल्डा पुर्ने काम गर्छ। जसले गर्दा सडकमा हुने जोखिन न्युनिकरणमा योगदान पुग्दछ ।