General Info

नेपालमा परिवहनको प्रमुख माध्यमको रुपमा सडक रहेको छ। आर्थिक सामाजिक गतिशीलताका लागि सडक यातायातले महत्वपूर्ण सहयोग पुर्याउँछ।त्यसैले विकासमा यातायात पूर्वाधार देशको मेरुदण्ड हो।नेपाल जस्तो भूपरिवेष्ठित एवं विविधतायुक्त भूगोल भएको मुलुकको सर्वाङ्गीण विकासको सम्भावना यसैमा रहेको हुँदा यो क्षेत्रलाई सुध्रीकरण गर्दै अगाढी बढ्नु आजको आवश्यकता भएको छ। अन्तरदेशीय नाका र यातायात संजाल जोडने सडकहरुको बिकास ,बिस्तार र सुदुढ़ीकरण गर्न तथा कृषि ,उधोग ,व्यापार ,जलबिधुत ,पर्यटन, शिक्षा र स्वास्थ्य सेवामा पहुँच बढाउने गरि यातायात बिस्तार गर्न कार्यमा सहयोग गर्छ ।साथै आर्थिक बृद्धीलाई योगदान पुग्ने गरि सुरक्षित यातायात पहुँच र सुबिधा विस्तारमा टेवा पुर्याउँछ।राष्ट्रिय राजमार्ग तथा सडक यातायात संजालको विकास गरी सडक प्रयोगकर्ताहरुलाई सरल, सजिलो र सुलभ यातायात सेवा उपलब्ध हुन सडक र पुल जस्ता भौतिक संरचनाहरुको विकास तथा विस्तार गर्न अपरिहार्य छ। Dedicated Six Lane  मा निर्माण गरिने व्यापारिक मार्ग नेपाल सरकारको उच्च प्राथमिकतामा रहेको छ।