हाम्रो बारेमा
ऐतिहासिक पृष्ठभूमी:
आ. व. २०५०/०५१ देखि मध्यमाञ्चल विकास क्षेत्र जनकपुर अंचलको धनुषा जिल्लाको जनकपुरमा डिभिजन कार्यालय जनकपुरको स्थापना भएको हो ।
डिभिजन सडक कार्यालय, जनकपुरको इतिहास
विगतमा लामो दूरी तय गर्न पनि खुट्टाको सहारा लिनु पर्ने र पैदलै कोशौ यात्रा गर्नु पर्ने अवस्थाको अन्त्य गर्दै जब देशमा पक्की मोटर चल्ने बाटोको निर्माण थालनी भयो त्यस सँगै सो कार्यलाई योजनाबद्ध र व्यवस्थित रुपले सम्पादन गर्न कार्यालय र कर्मचारीको आवश्यकता महसुस हुन थाल्यो फलत विभिन्न जिल्ला तथा स्थानहरुमा जिल्ला सडक कार्यालयहरुको स्थापना गरियो भने केन्द्रमा सडक विभागको स्थापना भयो ।
हालको मध्यमाञ्चल विकास क्षेत्र अन्र्तगत वि.सं. २०१४/०१५ तिर भएको र विगतमा सो आयोजना मित्र राष्ट्र भारतको आर्थिक सहयोगमा सञ्चालित भइ आयोजना सञ्चालन गर्न दक्ष प्राविधिकहरु पनि भारत वाटै झिकाइएको र निर्माण सामाग्रीहरु पनि सोही देशबाट आयात गरिएको पाइन्छ । उक्त आयोजना सम्पन्न भए पछि सो राजमार्गको मर्मत संभार सञ्चालनका लागि कार्यालय एवं संगठन निर्माणको क्रममा जिल्ला सडक कार्यालय धनुषा र जनकपुर अञचल सडक कार्यालय स्थापना भै तोकिएका कार्यहरु सम्पादन गर्दै आएको र विगतको कार्यालय संरचनामा समयानुकुल परिवर्तन गरी वि.सं. २०५० सालमा साविकको धनुषा जिल्ला मात्र हेर्ने परिपाटीमा परिवर्तन गरी धनुषाका अतिरिक्त अन्य जिल्लाका सडक निर्माण, मर्मत, संभार एवं सञ्चालन सम्बन्धि काम गर्दै आएको पाइन्छ । पछि डिभिजन सडक कार्यालय जनकपुर स्थापना हुदा धनुषाका अलावा महोत्तरी, सर्लाही र सिन्धुली गरी ४ जिल्लामा सडक सम्बन्धी गतिविधि सञ्चालन गर्दै आएकोमा डिभिजन सडक कार्यालयको स्थापना सँगै २०७१ सालमा यसको कार्य क्षेत्र धनुषा र महोत्तरी जिल्लामा सिमित भै सो जिल्लामा सडक सम्बन्धी विकासात्मक गतिविधि गर्दै आएको छ ।
हाल यस कार्यालयको प्रमुख रा.प.द्धि (प्राविधिक) डिभिजन प्रमुख रहेको र निज मातहत इन्जिनियर, लेखा अधिकृत, सव–ईञ्जिनियर, नायव सुब्बा, लेखापाल , कम्प्युटर अपरेटर, टाइपिष्ट, सि.आ.वा. अपरेटर, खरिदार, ल्याब टेक्निसियन, ल्याब असिस्टेन्ट, खरिदार, का.स. आदि पदमा विभिन्न कर्मचारी कार्यरत रहेको अवस्था छ ।
बर्तमान अवस्था :
यस डिभिजन सडक कार्यालय अन्तर्गत हाल दुई जिल्लाहरु (धनुषा र महाेत्तरी) कार्यक्षाेत्र रहेकाे छ। विगतमा सर्लाही जिल्ला समेत यस डिभिजन कार्यालयको कार्यक्षेत्रमा रहेकोमा सडक डिभिजन चन्द्रनिगाहपुर स्थापना पछि उक्त जिल्ला सोही डिभिजनको कार्यक्षेत्रमा गाभिएको थियो भने त्यतिबेला कै निर्णय अनुसार स्थापित सडक डिभिजन खुर्कोट ले यस अघि सिन्धुली जिल्ला हेरेकोमा पछि उक्त जिल्ला यस डिभिजनको कार्यक्षेत्रमा गाभेर पुनः हटाइएको थियो/ बर्तमान अवस्थामा सडक डिभिजन खुर्कोट पुनर्स्थापन भएको हुँदा सिन्धुली जिल्ला पुनः यस डिभिजनको कार्यक्षेत्रमा नपरेको अवस्था छ/
कार्य स्थल /कार्यक्रम :
जिल्लाहरु : धनुषा, महोत्तरी
सडक डिभिजनको मुख्य जिम्मेबारी निर्मित रणनैतिक सडकको मरम्मत संभार रहेको छ/ तथापि रणनैतिक सडक र सोमा पर्ने पुलहरू समेत डिभिजन सडक कार्यालयद्वारा निर्माण गरिन्छ/ साथै भौतिक मन्त्रालय मातहत बजेट बिनियोजन भएका अन्य केहि रणनैतिक बाहेकका सडक तथा पुलहरू समेत डिभिजन कार्यालयद्वारा निर्माण हुने गरेको छ /
कार्यालय क्षेत्र तथा साईट क्याम्प :
- कार्यालय : मुजेलिया, धनुषा/
- साईट क्याम्प : बारह बिघा, जनकपुर/ ढल्केवर,धनुषा / गौरिडाँडा, बर्दिबास/
डिभिजन अन्तर्गत बर्तमान संगठन संरचना :
अन्य जानकारी
- कार्यक्षेत्र भित्रका रणनैतिक सडक तथा पुलहरुलाई महत्तम उपभोग्य अवस्थामा राख्न आवश्यक मरम्मत संभार कार्यहरुको पहिचान, परिचालन, अनुगमन तथा सापेक्षिक सुधारताम्क गतिविधिहरु संचालन गर्न आवश्यक बजेट ब्यबस्थापन तथा जनशक्तिको क्षमता विकास कार्यक्रमहरु/
- सडक बोर्ड नेपाल मातहतका मरम्मत संभार कार्यहरु (नियमित/पटके/विशेष/आवधिक मरम्मत, सडक सुरक्षा,स्तर्रोंनती), अनुसन्धान क्षेत्र पहिचान /
- रणनैतिक सडक तथा पुलहरुको निर्माण, मरम्मत, स्तर्रोंनती, विस्तार सम्बन्धि कार्यहरु /
- सडक सुरक्षा अभिबृधि कार्यक्रमहरु/
- गुणस्तर नियन्त्रण प्रयोगशाला संचालन तथा ब्यबस्थापन /
- समयानुकुल बिनियोजन बमोजिमको रणनैतिक बाहेकका सडक निर्माण/स्तर्रोंनती,विस्तार जन्य कार्यक्रमहरु/
- बिनियोजन बमोजिमको रणनैतिक बाहेकका पुल निर्माण तथा संरक्षण कार्यहरु
- निर्माण क्षेत्र सँग जोडिएको बिभिन्न व्यक्ति,संघ-संस्था, निर्माण ब्यबसायी आदिको क्षमता अभिबृधि परामर्श/
कार्यालय क्षेत्रमा गुनासो पेटिका तथा नागरिक वडापत्रको ब्यबस्था गरिएको छ ।