उत्तर-दक्षिण (काेशी) सडक योजना , खाँदवारी संखुवासभा ।
Return to the Project Office
वि.स.२०६५/०६६ सालमा स्थापना भएको उत्तर-दक्षिण (काेशी) सडक योजना प्रदेश न. १ भारतको सिमाना जाेगवनी देखी चिनको सिमाना किमाथाका जाेडने त्रिदेशिय (भारत, नेपाल र चिन) व्यापारिक मार्ग हाे। ३९० किलोमिटर लम्वाई रहेको उक्त सडक स्तरोन्नतिका लागि सखुवासभाको खाँदवारीमा उत्तर-दक्षिण (काेशी) सडक योजनाको कार्यालय स्थापना भई जिल्ला सदरमुकाम खाँदवारीको लभिङ्ग हिललाई जिरो पोईन्ट मानेर किमाथाका ( १६२ किलो मिटर) सम्म सडकको निर्माण तथा स्तरोन्नतिका कार्य संचालनमा रहेको छ। यस सडकले सखुवासभाको खाँदवारी न.पा.,चिचिला गा.पा.,मकालु गा.पा. र उत्तरी भू -भागमा अवस्थित भोटखोला गा.पा. हुँदै चिनको किमाथाका जोडनुको साथै राष्ट्रिय गौरवको आयोजना अरुण तेस्रो (९०० मेगावाट क्षमता) हाईड्रोपावर र मकालु राष्ट्रिय निकुञ्जको समेत पहुँच मार्ग हो।