त्रिभुवन राजपथ (नागढुङ्गा-पिप्लामोड खण्ड) आंशिक बन्द रहने बारेको सूचना

२०८२ बैशाख २०

त्रिभुवन राजपथ (नागढुङ्गा-पिप्लामोड खण्ड) आंशिक बन्द रहने बारेको सूचना

 

त्रिभुवन राजपथको नागढुङ्गा- नौबिसे  खण्डको नागढुङ्गा पिप्लामोड सडक निर्माण सुधार गर्नुपर्ने भएकोले मिति २०८२-०१-२२ देखि मिति २०८२-०१-३१ सम्म राती ११ वजे देखि विहान वजे सम्म सम्पूर्ण सवारी साधनहरु रोकी निर्माण कार्य गर्नुपर्ने भएकोले यो सूचना प्रकाशित गरिएको छ । 

सवारी साधनहरू रोकिने स्थानहरू:

नागढुङ्गाबाट नौबिसेतर्फ जाने

नौबिसेबाट नागढुङ्गातर्फ जाने

नागढुङ्गा चेकपोष्ट

खत्रीपौवा पुल

 

साना तथा मझौला सवारी साधनको लागि निम्न दुई बैकल्पिक रुट प्रयोग गर्न अनुरोध गरिन्छ:

  • सीतापाईला-रामकोट-भिमढुङ्गा-धार्के सडक
  • सामाखुशी-टोखा-गुर्जे भञ्ज्याङ-छहरे-त्रिसुली (विदुर)-गल्छी सडक

 

माथि उल्लेखित समयमा सवारीसाधन रोक्दा र  सवारी चलाउँदा कडाईका साथ आफ्नो लेन अनुशासन कायम राख्नुहुन तथा सवारी लामबद्ध भएको अवस्थामा जथाभावी ओभरटेक नगर्नुहुन समेत अनुरोध छ ।

साथै एम्बुलेन्स र सुरक्षा निकायका सवारी साधन निर्वाध रुपमा संचालन हुने व्यहोरा जानकारी गराइन्छ ।

यसबाट सम्पूर्ण सडक प्रयोगकर्ता महानुभावहरुमा पर्न गएको असुविधा प्रति योजना कार्यालय क्षमाप्रार्थी छ ।

नागढुङ्गा मुग्लिङ्ग सडक योजना (पुर्बी खण्ड) गजुरी, धादिङ


डाउनलोड गर्नुहोस्