त्रिभुवन राजपथ (नागढुङ्गा - नौबिसे खण्ड) आंशिक बन्द रहने बारेको सूचना
२०८२ बैशाख २०
त्रिभुवन राजपथ (नागढुङ्गा - नौबिसे खण्ड) आंशिक बन्द रहने बारेको सूचना
त्रिभुवन राजपथको नागढुङ्गा-नौबिसे खण्डको नागढुङ्गा - पिप्लामोड (कि.मि. ०+००० - १+८००) सडक निर्माण सुधार गर्नुपर्ने भएकोले सम्बन्धित जिल्ला प्रशासन कार्यालयको समन्वयमा मिति यही मिति २०८२/०१/२२ देखि २०८२/०१/३१ सम्म राती ११ बजे देखि विहान ३ बजे सम्म सवारीसाधनहरु आंशिक रुपमा रोकी निर्माण कार्य गर्नुपर्ने भएकोले यो सूचना प्रकाशित गरिएको छ । उपरोक्त स्थानहरुमा तपशिल बमोजिम भारी तथा हलुका सवारीसाधनहरु रोकिने व्यहोरा सम्बन्धित सम्पूर्ण सरोकारवालाहरुमा जानकारी गराइन्छ .
तपशिल:
नागढुङ्गा चेकपोस्ट - पिप्लामोड (कि.मि. ०+००० - १+८००) सडकको लागि रोकिने स्थानहरु:
काठमाडौँ बाट नौबिसेतर्फ जाने सवारी साधनहरु |
नौबिसेबाट काठमाडौँतर्फ जाने सवारी साधनहरु |
मिति र समय |
||
सवारीको प्रकार |
रोकिने स्थान |
सवारीको प्रकार |
रोकिने स्थान |
मिति २०८२/०१/२२ देखि २०८२/०१/३१ सम्म राती ११ बजे देखि विहान ३ बजे सम्म |
हलुका तथा भारी सवारी साधनहरु |
नागढुङ्गा चेकपोस्ट (कि.मि. ०+०००) |
हलुका तथा भारी सवारी साधनहरु |
खत्रिपौवा पुल (कि.मि. ४+०००) |
पुनश्च:
साना तथा मझौला सवारीसाधनको लागी बैकल्पिक रुट
१. सीतापाईला - रामकोट - भिमढुङ्गा धार्के सडक तथा
२. सामाखुशी - टोखा -गुर्जेभन्ज्याङ - छहरे - त्रिशुली (विदुर)- गल्छी सडक
उपरोक्त स्थानहरुमा रोकिएका सबै सवारी साधनहरुलाई विहान ३:०० बजे पछी मात्र छोडिने व्यहोरा अनुरोध छ। रोकिएको समयमा सवारीसाधन रोक्दा र सवारी चलाउँदा कडाईका साथ आफ्नो लेन अनुशासन कायम राख्नुहुन तथा सवारी लामबद्ध भएको अवस्थामा जथाभावी ओभरटेक नगर्नुहुन समेत अनुरोध छ । साथै एम्बुलेन्स र सुरक्षा निकायका सवारी साधन निर्वाध रुपमा संचालन हुने व्यहोरा समेत जानकारी गर्राइन्छ । यसबाट सम्पूर्ण सडक प्रयोगकर्ता महानुभावहरुमा पर्न गएको असुविधा प्रति योजना कार्यालय क्षमाप्रार्थी छ ।
नागढुङ्गा मुग्लिङ्ग सडक योजना(पुर्बी खण्ड)