पृथ्वी राजमार्ग (नौबिसे - मलेखु खण्ड) आंशिक बन्द रहने बारेको सूचना

२०८२ आषाढ ०७

पृथ्वी राजमार्ग (नौबिसे - मलेखु खण्ड) आंशिक बन्द रहने बारेको सूचना

पृथ्वी राजमार्गको नौबिसे - मलेखु खण्डमा निर्माणाधीन गलौदी खोला पुल (चेनेज कि.मी. ३५+४५०) मा ठुलो साइजको क्रेन प्रयोग गरी आर. सि. सि. बिम (Girder) राख्न जिल्ला प्रशासन कार्यालय धादिङको समन्वयमा यहि मिति  मिति २०८२-०३-०८ देखि २०८२-०३-०९ सम्म राती १०:३० वजे देखि विहान :००  बजे सम्म अत्यावश्यक सवारी बाहेकका यातायात रोकी कार्य गर्नुपर्ने भएकाले यो सूचना प्रकाशित गरिएको छ । उपरोक्त कार्यको लागि तपसिल बमोजिमका स्थानमा सवारीसाधनहरु रोकिने व्यहोरा सम्बन्धित सम्पूर्ण सरोकारवालाहरुलाई जानकारी गराइन्छ ।

तपसिल:

सवारी साधन रोकिने स्थानहरु:

 

नौबिसेबाट मलेखु तर्फ जाने

मलेखुबाट नौबिसे तर्फ जाने

मिति र समय

मासटार  (चेनेज कि.मी. २८+०००)

 

मलेखु बजार (चेनेज कि.मी. ४४+०००)

 

मिति २०८२-०३-०८ देखि २०८२-०३-०९ सम्म राती १०:३० वजे देखि विहान ३:०० 

पुनश्च: उपरोक्त स्थानहरूमा रोकिएका सबै सवारी साधनहरुलाई बिहान ३:०० बजे पछि मात्र छोडिने व्यहोरा अनुरोध छ । रोकिएको समयमा सवारीसाधन रोक्दा र  सवारी चलाउँदा कडाईका साथ आफ्नो लेन अनुशासन कायम राख्नुहुन तथा लामबद्ध भएको अवस्थामा जथाभावी ओभरटेक नगर्नुहुन समेत अनुरोध छ । साथै दमकल, एम्बुलेन्स र सुरक्षा निकायका सवारी साधन निर्वाध रुपमा संचालन हुने व्यहोरा समेत जानकारी गर्राइन्छ । यसबाट सम्पूर्ण सडक प्रयोगकर्ता महानुभावहरुमा पर्न गएको असुविधा प्रति योजना कार्यालय क्षमाप्रार्थी छ ।

 

 

नागढुङ्गा मुग्लिङ्ग सडक योजना (पुर्वी खण्ड)  गजुरी